भारतीय ब्रान्ड सेल्कन पहिलो पटक नेपालमा, दर्जन मोडल बजारमा, बिक्री पछिको सेवा पनि दिइने

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015
भारतीय ब्रान्ड सेल्कन पहिलो पटक नेपालमा, दर्जन मोडल बजारमा, बिक्री पछिको सेवा पनि दिइने
काठमाडौं । भारतको ख्याती प्राप्त मोबाइल ब्राण्ड ‘सेल्कन’ नेपाली बजारमा पनि आएको छ । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स प्रालिले सेलकनलाई नेपाली बजारमा बिक्रि बितरण गर्न सुरु गरेको हो ।


 
भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकमा लोकप्रिय यो ब्राण्ड पहिलोपटक नेपाल  आएको हो । सेलकनले एकैचोटी झण्डै एक दर्जन मोडल नेपाली बजारमा उतारेको छ ।
  
जसमध्ये क्यु–४५५, क्यु–५०० अल्ट्रा,  क्यु–५, ए–२०, ए–३५४ सि, ए–११५,  सि–५ एस , सि–६०९ स्टार, सि–५ प्लस र सि–३४४ रहेका छन् । कम्पनीले मूल्य भने खुलाएको छैन । 
 
नेक्स्ट जेनेरेशनले सेल्कन मोबाइल उपत्यका लगायत देशका दुई दर्जन बढी अधिकृत बिक्रेता मार्फत कारोबार शुरु गरिसकेको छ । मोबाइल सेटमा एक बर्ष वारेन्टी सहित ब्याट्रीमा ६ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पनि दिइएको विज्ञप्तिमा उल्लेख छ । 
 
काठमाडौंको न्युरोड, कलंकी, बानेश्वर, कोटेश्वर, ललितपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, बिरगंज, जनकपुर, लहान, राजबिराज, इटहरी, धरान, दमक, बिर्तामोड, धनगडी, नेपालगंज, सुर्खेत, दाङ, बुटवल, पोखरा, दमौली र दोलखाको चरिकोटमा अधिकृत बिक्रेताहरु मार्फत कारोबार भइरहेको कम्पनीले जनाएको छ । 


 
भारतीय मोबाइलले बर्चश्व जमाएको नेपाली बजारमा सेल्कन ब्राण्डले छोटो समयमा नै अग्रस्थान ओगट्नेमा बिश्वस्त रहेको नेक्स्ट जेनेरेशनका प्रबन्ध निर्देशक शरद भट्टराइले बताए ।  
 
बिक्रिपछिको सुबिधालाई बिशेष ध्यान दिएको कम्पनीले न्युरोडको ताम्राकार कम्प्लेक्समा सर्भिस सेन्टर खोलिसकेको छ भने सुन्धारामा रहेको सिटिसी मोबाइल बजारमा पनि सर्भिस सेन्टर रहने तथा आबश्यकता अनुसार यसलाई अन्य स्थानमा पनि बिस्तार गरिने नेक्स्ट जेनेरेशनले जनाएको छ । 
 
एन्ड्रोइड किटक्याट भर्सनमा चल्ने क्यु–४५५ स्मार्टफोनमा १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल रियर क्यामेरा सँगै फ्लास लाईट, १.२ क्वार्डकोर प्रोसेसर, ४.५ क्युएचडी आइपिएस डिस्प्ले, १ जिबी र्याम, दुइवटा सिमलाग्ने र २ हजार एमएएच ब्याट्री रहेको छ । 
 
यसैगरि क्यु–५०० अल्ट्रामा २ जिबी र्याम, १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सलब्याकक्यामेरा, २ मेगापिक्सल फ्रन्ट क्यामेरा, ३२ जिबी सम्म मेमोरी थप्न सकिने, २५ सय एमएएचको ब्याट्री, १.२ क्वाडकोर प्रोसेसर र १२.७ सिएम एचडि स्क्रिन सहितकाफिचर रहेको कम्पनीले जनाएको छ । 
 
बारफोनदेखि उत्कृष्ट स्मार्टफोन रहेको सेल्कन ब्राण्ड नेपाली उपभोक्ताका लागि सुहाउँदो भएको नेक्स्ट जेनेरेशनका बजार प्रमुख उमेश अधिकारीले बताए । 

Tata
GBIME
Nepal Life