पेट्रोलियमको घट्दो मूल्य, कसलाई फाइदा ? नीरव पुडासैनीको विश्लेषण

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015
पेट्रोलियमको घट्दो मूल्य, कसलाई फाइदा ? नीरव पुडासैनीको विश्लेषण
माग र आपूर्ति बिचको दुरीले नै बजार मूल्य चक्र सम्बन्धि अर्थशास्त्रीय सिद्धान्त प्रतिपादन भएको हो । अर्थता माग र आपूर्ति बिचका रेखाले नै बजार मूल्यको निर्धारण गर्छन् । साथ साथै उक्त बस्तुका अन्य बैकल्पिक साधनको उपलब्धताले पनि मुल्य निर्धारण महत्वपुर्ण भूमीका खेल्छन् ।

Tata
GBIME
Nepal Life

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य हेर्दा यो अर्थतन्त्रको माग र आपूर्तिको सिद्घान्त अनुरुप चलिरहेको देखिन्छ । तर, कुनै बैकल्पिक स्रोतको बिकल्प बिना नै तेलको मूल्य केही महिना देखी निरन्तर ओरालो लागेको छ ।

यसरी निरन्तर रुपमा तेलको मूल्यमा गिरावट आउनुले विश्व तेल बजार सँग प्रत्यक्ष — अप्रत्यक्ष चासो राख्ने जो कोहिलाई अलमलमा पारेको छ । 
 

निशन्देह पेट्रोलियम पर्दाथको भाउ घट्नु आम उपभोक्ताहरुको हितमा छ । नेपाल जस्तो मूलूकलाई यो अझ बढि लाभदायक हुन्छ । किनभने हाम्रो आयातको ठूलो हिस्सा यहि पेट्रोलियम पर्दाथले ओगटेको छ । वैदेशीक रोजगारी मार्फत भित्रिएको विदेशी पूँजी पेट्रोलियम आयातमा बाहिरिइ रहेको छ ।

अतः हालको मूल्य गिरावटले हामीलाई केहि न केहि राहत अवश्य दिएको छ । यसरी मूल्य घट्दा हुने फाईदालाई कसरि पूँजीकृत गर्ने भन्ने सोचको बिकास अपरिहार्य देखिन्छ । तर, सरकारले यसमा कुनै गम्भिरता भने देखाएको छैन । जून हाम्रो लागी दुर्भाग्य हो । 
 

Price $

विश्व अर्थतन्त्रका दुई विशाल देश भारत र चिनले पनि यसको फाइदा तत्काल लिन सकेका छैनन् । चिन र भारतले घट्दो तेलको मूल्य सगैं आफ्ना उत्पादन गतिविधिमा उल्लेख्य बृद्धि गर्न सकेको देखिदैन । यसको प्रमुख कारण आकस्मिक र अश्वाभाविक मूल्य गिरावट नै हो । 
 
सन् २०११ को आसपासमा प्रति व्यारल एक सय १० अमेरिकी डलरमा कारोवार भएको कच्चा तेलको मूल्य सन् २०१५ को सुरुवात सम्म आई पुग्दा प्रति व्यारल  एक सय डलर सम्म झरेको थियो । अहिले यो ६० अमेरिकी डलर आसपासमा कारोवार भइ रहेको छ ।

सतहबाट हेर्दा यसका दुई कारण देखिन्छन्, पहिलो विश्व अर्थतन्त्रमा देखिएको स्थिरता एवं त्यसले ल्याएको उत्पादन गतिविधिको न्यूनता । त्यो भन्दा पनि दोस्रो महत्वपूर्ण कारण चाहिँ तेल उत्पादन राष्ट्रको साझा संस्था ओपेकले हालै दिएको उत्पादन कटौती नगर्ने संकेत ।
 

विज्ञहरुले यसलाई ठूला देशको कूटिल अर्थ राजनीति पनि भनेका छन् । हुन त तेलको व्यापारसँग जोडिएका थुप्रै राजनितिक घटनाहरु विश्व सामू पहिल्यै उजागर भइ सकेका छन् । चाहे त्यो गद्दाफी काण्ड होस् वा बूढा बूस र सद्धाम हुसेन बिचको टकराव ।
 

अहिले पनि कुनै कूटिल अर्थ राजनीतिक दाउपेच भएन भनेर भन्न सक्ने ठाउँ छैन । किनभने २०१४ को सुरुवातमा नै विश्व बैंकले रसियाको अर्थतन्त्रमा ०.७ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरेको थियो र जसको प्रमुख कारण कच्चा तेलको मूल्यमा हुन सक्ने परिवर्तन भनिएको थियो ।

विज्ञहरुका अनुसार प्रति व्यारल एक डलर मुल्य घट्दा रसियालाई करिब दुई अर्ब डलर घाटा लाग्छ । यसको अर्थ अब पनि तेलको मूल्य उकालो लागेन भने सन् २०१५ को अन्त्य सम्ममा रसियाको अर्थतन्त्रमा मन्दी नआउला भन्न सकिन्न । त्यसकारण यसो रणनीतिक चासो सहित तेल मुल्य तल आएको बुझ्न गाह्रो छैन । र, यसैबाट प्रष्ट हुन्छ कि तेल राजनीतिको कुटिलता कति हदसम्म फैलिएको छ ।
 
पक्कै पनि विश्व उत्पादनमा घट्दो तेलको मूल्यले सकारात्मक असर त पार्छ । किनभने १० प्रतिशत मूल्य गिरावटले विश्व उत्पादकत्वमा ०.१ प्रतिशतको वृद्धि हुने विज्ञहरुले पुष्टी गरि सकेका छन् । त्यसकारण अर्थ राजनीतिक दाउपेचलाई विर्सने हो भने मूल्य गिरावट निकै स्वागतयोग्य हो । तर, रणनीतिक दाउपेचका कारण कसैलाई थला बसाइ सके पछि फेरि उच्च मूल्यबृद्धि गर्ने सोच कुनै मुलुकले लिएको भए त्यो विश्व अर्थतन्त्रका लागि अर्को अभिशाप हुनेछ ।
 
हालको राजनैतिक गतिविधिलाई हेर्दा तेलको मूल्य तत्काल उकालो लाग्ने वा  ५०/६० डलर प्रति व्यारलको टेवा काट्ने आधार देखिँदैन । अवको केहि बर्ष कच्चा तेल प्रति ब्यारल एक सय अमेरिकी डलर सम्म पुग्न निकै कठिन होला जस्तो देखिन्छ ।

उदाउँदा शक्ति राष्ट्रहरु चिन, भारत, रसिया आदिको ब्रिक्स मार्फतको घनिष्टता, चिन र रसिया बिचको दुई पक्षिय ब्यापार सम्झौता आदीबाट चिढिएका अमेरीका लगाएतका पश्चिमी शक्तिले केहि समय सम्म तेल मुल्य मार्फत चलखेल जारी राख्नेछन् । साथै भेनेजेयुला, मेक्सिको ,इराक, इरान आदि सँग अमेरिकी व्यवहार र सम्बन्धले पनि तेलको मूल्यमा प्रभाव कायमै राख्नेछ ।