सागर थापालाई अनिल शाहले दिए एक लाख रुपैयाँ, बङ्गलादेश बिरुद्ध गरेको गोलको सम्झना

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015

काठमाडौं । मेगा बैंक नेपालका सिइओ अनिलकेशरी शाहले नेपाली फुटबल टोलीका कप्तान सागर थापालाई प्रोत्साहन स्वरुप एक लाख रुपैंयाबाट प्रदान गरेका छन् ।

आइतबार मेगा बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा शाहले व्यक्तिगत रुपमा एक लाख रुपैंया थापालाई हस्तान्तरण गरे । भारतको नेहरु रंगशालामा सातौं साफ च्याम्पियनसिपमा थापाले गरेको बंगलादेशविरुद्धको फ्रिकिक गोलको सम्झना एवं सम्मान गर्दै पुरस्कृत गरेको शाहले बताए ।

Tata
GBIME
Nepal Life

‘फुटबल धेरै हेरिन्छ, त्यो गोल एकदम मिठो थियो, अब भारतसँग राम्ररी खेल्नुस्, जितेर आउनुस्’ शाहले भने ।  टिमको जितका लागि कप्तानको रुपमा थापाको भुमिका महत्वपुर्ण हुने शाहले बताए ।

नेपाललाई १२ बर्षपछि सातौँ साफको सेमिफाइनलमा पुर्याउन सफल नेपाली टोलीका कप्तान सागर थापाले बंगलादेश विरुद्ध सनसनीपूर्ण गोल गरेका थिए ।
अब नेपाली टोलीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भिक छनोट चरणको खेलमा आगामी फागुन २८ गते भारतको गुहाटीमा चीर प्रतिद्वन्दी भारतसँग खेल्दैछ । त्यसको पाँच दिनपछि घरेलु मैदान त्रिभुवन रंगशालामा नेपालले भारतसँगै होम गेम खेल्नेछ ।