हुण्डाईको मिस्सी, बादशाह र एक्का उपहार योजना: कृष्ण प्रसाद लम्सालले जिते भर्ना १.४ गाडी

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015
हुण्डाईको मिस्सी, बादशाह र एक्का उपहार योजना: कृष्ण प्रसाद लम्सालले जिते भर्ना १.४ गाडी

काठमाडौं। हुण्डाई मोटरको नेपालस्थित आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहारको उपलक्षमा हुन्डाई दशैं तिहार मिस्सी, बादशाह, एक्का अफर अन्तर्गत भर्ना १.४ गाडी कृष्णप्रसाद लम्सालले जितेका छन्। कुपन नं २३१ का लम्सालले एक्का उपहार जितेका हुन्।

Tata
GBIME
Nepal Life

यस्तै हुण्डाई आइ २० गाडी कुपन नम्बर ३९८ का नवराज बानियाँले जितेका छन्। उनले बादशाह उपहार योजना अन्तर्गत यो गाडी जितेका हुन्।

यस्तै मिस्सी अन्तर्गत १० जोडीले मलेशिया थाइल्याण्डको होलिडे ट्रिप पाएका छन्। होलिडे ट्रिप पाउनेमा विनोद सुवेदी, रवीन्द्र खड्गी, डा कुवेरकुमार रेग्मी, हरिप्रसाद सुवेदी, मधु जनरल स्टोर्स, भर्ग सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, डा कन्चन अधिकारी, सीता रिजाल तथा गणेश ट्रेडिङ रहेका छन्।

हुण्डाईले भदौ १५ गतेदेखि कात्तिक १२ गतेसम्म यो योजना संचालन गरेको थियो। यो आयोजना अन्तर्गत १० जोडीलाई मलेशिया ट्रिप, एक जनालाई ह्युण्डाई आइ २० र एक जनालाई भर्ना १.४ गाडी उपहारको व्यवस्था गरिएको थियो।