ग्यालेक्सी एस सिक्स र एस सिक्स एज सार्वजनिक, १६ मेगापिक्सेल क्यामरा (के छन् विशेषता ?)

बिजमाण्डू
२०७१ फागुन १८ गते ००:०० | Mar 2, 2015
ग्यालेक्सी एस सिक्स र एस सिक्स एज सार्वजनिक,  १६ मेगापिक्सेल क्यामरा (के छन् विशेषता ?)

काठमाडौं । सामसङले आफ्नो ग्यालेक्सी सेरिजको स्मार्टफोन ‘ग्यालेक्सी एस ६ र एस ६ एज’ सार्वजनिक गरेको छ । स्पेनको वार्सिलोनामा सोमबारबाट सुरु भएको मोबाइल वर्ल्ड कंग्रेसको अवसर पारेर सामसुङले दुईवटा नयाँ सेट सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life


बार्सिलोनामा एस सिक्स चलाउँदै सामासङको नेपालका लागि अधिकृट्ट विक्रेता अाइएमएसका प्रेसिडेन्ट दिकेश मलहोत्रा

सामसङमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) जिके सिनले भने सार्वजनिक कार्यक्रममा  ग्यालेक्सी एस ६ र एस ६ एज स्मार्टफोनले विश्व बजारमा नयाँ स्ट्यान्डर्ड सेटको रुपमा आफूलाई स्थापित गरेको छ । उनले भने, 'हामीले आफ्ना उपभोक्ताहरुको प्रतिक्रिया सुनेर, आफ्नो सफलता र असफलताबाट सिकेर नयाँ प्रविधि र नयाँ आइडिया सहितको मोबाइल आज सार्वजनिक गरेका छौँ ।'
 
उनले सामसङले सार्वजनिक गरेको यी फोनका डिजाइन अत्यान्तै राम्रो रहेकोले, नेटवर्क राम्रो दिने भएकोले र नोबल सर्भिसको साथमा आएकोले स्मार्टफोनको दुनियाँमा उपभोक्ताले अनौठो अनुभव गर्ने बताए ।
 
यी फोनमा प्लाष्टिकको सट्टा रि-इन्फोर्स्ड ग्लास राखिएको छ भने एयरक्राफ्ट ग्रेड अल्मुनियम प्रयोग गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आनुसार ग्यालेक्सी एस ६ एप्पलको आइफोन  ६ जस्तै छ । यी फोनमा प्लास्टिक कभरको सट्टा मेटल कभर प्रयोग गरिएकोले पहिले जस्तै पछाडिको पाता र ब्याट्री प्रयोगकर्ताले झिक्न सक्दैनन् ।

यी दुबै फोनमा पाँच दशमलव एक इन्चको क्वाड एचडी (२४६० x१४४०) सुपर एमलोड डिस्प्ले रहेको छ । त्यसो त एस ६ एजको दायाँ र बायाँको किनार कर्व्ड डिस्प्ले (घुमाउरो) रहेको छ । सामसङले आफ्नो नोट एज ट्याब्लेटमा घुमाउरो स्क्रिनको प्रयोग गरिसकेको छ ।
 
यी दुबै फोनमा ६४ विट २.१ गिगाहर्ज इक्जाइनस अक्टा कोर प्रोसेर रहेको छ ।  यसमा एन्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिस्टम राखिएको छ । यी फोनमा टचविज युआइ राखिएको छ । जसले गर्दा गुगलको म्याट्रियल डिजाइनले अनावश्यक कन्टेन्टहरुलाई मोबाइलमा आउनबाट रोक्ने काम गर्छ ।

ग्यालेक्सी एस ६ र एस ६ एजमा तीन जिबी र्‍याम रहेको छ । यी फोन ३२, ६४ र एकसय २८ जिबीमा उपलब्ध छ । यी फोनले फोर्जी एलटीई नेटवर्क सपोर्ट गर्छ । एस ६ मा दुईहजार पाँचसय ५० एमएएचको व्याट्री रहेको छ भने एस ६ एजमा २६ सय एमएएचको व्याट्री रहेको छ । यसमा वायरलेस चार्जिङ सपोर्ट गर्ने विशेषता रहेको छ ।

सामसङले यो दाबी गरेको छ कि यी दुबै फोन १० मिनेट चार्ज गर्दा १० घण्टा सम्म चल्न सक्छन् । दुबै फोन आइफोन सिक्स भन्दा आधा समयमा फुल चार्ज हुने सामसङले दाबी गरेको छ ।

यो फोनमा पाँच मेगापिसक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने पछाडिको क्यामेरा १६ मेगापिक्सेलको रहेको छ । जसमा f9.1को लेन्स राखिएको छ । यसले कम प्रकाश भएको बेला पनि उत्कृष्ट फोटो खिच्न सक्छ ।

यी दुबै फोनमा कम्पनीले क्लिक लान्चको फिचर दिएको छ । जसले गर्दा होम बटन थिच्दा ०.७ सकेन्डमा क्यामरा खुल्ला हुन्छ ।

एस ६ र एस ६ एजको बिक्री २० देशमा आउँदो चैत २७ गतेदेखि सुरु गरिने सामसङले जनाएको छ ।

यी फोन ह्वाइट पर्ल, ब्ल्याक सफायर, गोल्ड प्लाटिनम रंगमा उपलब्ध छ । एस६ ब्लु टोपाज र एस ६ एज ग्रीन एमराल्ड रंगमा पनि उपलब्ध छ ।

 मोबाइल बजारमा नयाँ नयाँ कम्पनीको आगमन र आफ्नो मोबाइलको लुक्स र फिचर परिवर्तन नगर्दा सामसुङले आफ्नो व्यापार घटाएको र २०१४ मा सार्बजनिक गरेको एस ५ ले खासै व्यापार गर्न सकेको थिएन ।

नयाँ मोडलका फोनमार्फत् सामसुङले आफ्ना उत्पादनलाई प्रिमियम क्लासमा फोकस गर्न खोजेको छ । अहिलेसम्म आइफोनले प्रिमियम क्लास ग्राहकलाई लक्षित गर्दै फोन उत्पादनमा ध्यान दिएको छ । तर, पछिल्लो दिनमा चिनियाँ स्मार्टफोनहरुले सामसुङको ठूलो आकारको बजार कब्जा गरिदिएपछि सामसुङले आफ्नो ध्यान महँगा फोन उत्पादनमा केन्द्रीत गर्न थालेको हो ।