सुनको भाउ तीनसय रुपैयाँ बढ्यो, तोलाको ५२ हजारमा कारोबार, व्यापार नबढेको व्यवसायीको भनाइ

बिजमाण्डू
२०७१ फागुन १८ गते ००:०० | Mar 2, 2015
सुनको भाउ तीनसय रुपैयाँ बढ्यो, तोलाको ५२ हजारमा कारोबार, व्यापार नबढेको व्यवसायीको भनाइ

काठमाडौं। सुनको भाउ तोलामा तीनसय रुपैयाँले बढेको छ। पछिल्ला केही दिनयता स्थिर रहेको सुनको भाउ सोमबार भने केही उकालो लागेको छ। आइतबार तोलाको ५१ हजार सातसय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Tata
GBIME
Nepal Life

सुनको भाउ स्थिर जस्तै देखिए पनि कारोबार भने अपेक्षाकृत रुपमा बढ्न नसकेको व्यवसायी तेजरत्न शाक्यले बताए। सुन व्यापारको सिजन कायम नै भए पनि अहिले दैनिक २० किलोकै हाराहारीमा सुन व्यापार भइरहेको शाक्यले जानकारी दिए।

सुनको भाउ बढेको दिन चाँदी पनि पाँच रुपैयाँले महँगो भएको छ। सोमबार चाँदी तोलाको सातसय पाँच रुपैयाँमा कारोबार भइरहेको शाक्यले बताए। आइतबार सुन तोलाको सातसयमा कारोबार भएको थियो।