तामाकोशीको सेयरमा कर्मचारीको आकर्षण, सञ्चय कोषमा बचतकर्ता प्रमाणित गर्न भिड, तस्बिर समाचार

बिजमाण्डू
२०७१ फागुन १८ गते ००:०० | Mar 2, 2015
तामाकोशीको सेयरमा कर्मचारीको आकर्षण, सञ्चय कोषमा बचतकर्ता प्रमाणित गर्न भिड, तस्बिर समाचार
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर भर्नका लागि कर्मचारी सञ्चय कोषका बचतकर्तामा आकर्षण देखिएको छ ।

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुस् : पहिलो चरणमा तीन करोड ६० लाख कित्ता सेयर विक्री
————————————————————————————————————————-

 
कोषको कार्यालयहरुमा सञ्चयकर्ता प्रमाणित गर्नका लागि कर्मचारीहरुको भिँड लागेको छ । २०६७ साल साउन १४ सम्म सञ्चय कोषमा बचत गर्नेहरुले तामाकोशीको सेयरमा आवेदन भर्न पाउँछन् । 


 
तामाकोशीले एक सय रुपैयाँ अंकित दरका तीन करोड ६० लाख ६ हजार कित्ता सेयर जारी गरेको छ । कम्पनीले तामाकोशी निर्माणस्थल दोलखाका बासिन्दालाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गरेको हो ।  


 
साथै ऋण सम्झौता हुँदा ९चार बर्षअघि० कर्मचारी सञ्चय कोषको बचतकर्ताहरुका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार ९२० कित्ता र आयोजनाका कर्मचारी तथा विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर जारी गरिएको छ । आयोजनामा सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानले ऋण लगानी गरेका छन् । 

 
कम्पनीले निस्कासन गर्ने कुल सेयरमध्ये ३४ प्रतिशत सेयर पहिलो चरणमा जारी गरिएको हो । कम्पनीले दोलखावासीका लागि १० प्रतिशत सेयर जारी गरेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई १७.२८ प्रतिशत र ऋण दिने संस्थाका कर्मचारीलाई २.६६ प्रतिशत र तामाकोशी तथा विद्युत प्राधिकरणका कर्मचारीका लागि ३.८४ प्रतिशत सेयर जारी गरेको छ ।