सेयर बजारमा करिव १० अंकको बृद्धि, २३ करोड ६६ लाखको कारोबार, बेच्नेभन्दा किन्ने वढी

बिजमाण्डू
२०७१ फागुन १८ गते ००:०० | Mar 2, 2015
सेयर बजारमा करिव १० अंकको बृद्धि, २३ करोड ६६ लाखको कारोबार, बेच्नेभन्दा किन्ने वढी
काठमाडौं । सेयर बजारमा सुधारको संकेत देखिएको छ । कारोबार रकममा सामान्य सुधारसँगै सेयर बजार ९.१८ अंकले बढेको छ । दिनभरीमा २३ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।


 
ब्रोकरहरुका अनुसार, बजार घट्ता पनि बिक्री गर्नेभन्दा खरीद गर्नेको चाप वढी थियो । लगानीकर्ताहरु बजार बढ्नेमा ढुक्क भएकै कारण बजारमा माग अनुसारको सेयर आपुर्ति भएको थिएन ।
 
सुरुमा सामान्य घटेर खुलेको बजार डेढ बजेपछि देखिने गरी उकालो लागेको हो । ‘बजार घट्ने प्रबृत्तितिर लाग्ने भए राजनीतिक गतिरोधपछि निरन्तर घट्दै जानु पर्थियो,’ ती ब्रोकरले भने, ‘तर बजारमा लगानीकर्ताहरुमा पुरानो रेकर्डलाई नछोइ घट्दैन भन्ने परम्परागत सिद्धान्तले काम गरेका कारण स्थिरजस्तो भएर बसेको छ ।’
 
केही लगानीकर्ताहरुका अनुसार, अहिले  बजारमा सेयर बेच्दा घाटा हुने तर चाँडै बढ्ने विश्लेषण बलियो छ । यही मूल्यांकनले गर्दा लगानीकर्ताहरु बिक्री गर्नेभन्दा किन्नेतिर लागेका छन् । 
 
‘मूल्य घटेका सेयरहरुमा लगानीकर्ताको आकर्षण छ, तर माग अनुसारको सेयर भने पाइरहेका छैनन्,’ उनले भने । कुल १३९ कम्पनीका सात लाख ७८ हजार २३९ कित्ता सेयर किनबेच भएको छ ।
 
अन्यवाहेक सबै सुचकहरु उकालो लागेका छन् । सुरुमा अन्य सुचक पनि हरियो थियो । बैंकिङ सुचक १० अंकले बढेर नौं करोड ८७ लाख रुपैइाँ बराबरको सेयर किनबेच भएको छ । 
 
सबैभन्दा वढी होटल, बिमा र जलविद्युत् समूहका सेयरको मूल्य बढेको छ । विकास बैंक, फाइनान्स र उत्पादनमूलक क्षेत्रका सेयर मूल्य पनि बढेका छन् । 
 
कुल १३९ कम्पनीमध्ये ९६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने मल्टीप्रपोज फाइनान्सको नौं प्रतिशतभन्दा वढीले मूल्य बढेको छ । कमाउनेमा सहारा विकास, नयाँ नेपाल लघुवित्त, सिद्धार्थ डेभलपमेन्ट, सिन्धु विकास बैंकलगायतका लगानीकर्ता छन् ।
 
बजार बढ्दा पनि कसमस डेभलपमेन्ट, एभरेष्ट बैंक (प्रिफरेन्स), कर्णाली विकास, आरएमडिसी, जानकी फाइनान्सलगायतका लगानीकर्ता छन् । 

Tata
GBIME
Nepal Life