बजाजले भित्र्यायो डिस्कभर १५० को नयाँ संस्करण, ७२ किलोमिटर माइलेज दिने गोल्छाको दावी

बिजमाण्डू
२०७१ फागुन १८ गते ००:०० | Mar 2, 2015
बजाजले भित्र्यायो डिस्कभर १५० को नयाँ संस्करण, ७२ किलोमिटर माइलेज दिने गोल्छाको दावी
काठमाडौं । बजार मोटर साइकलले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले एकसय ५० सिसीका बजाज डिस्कभर एफ र एस मोटरसाइकल नेपाल भित्र्याएको हो । डिस्कभर १५० एफ हाफ फेरिङ र १५० एस फुल फेरिङ मोटरसाइकल भएको कम्पनीले जनाएको छ । 

Tata
GBIME
Nepal Life


 

कम्पनीले सिमित अवधिका लागि भन्दै डिस्कभर १५० एफको मूल्य एक लाख ९७ हजार नौसय र डिस्कभर १५० एसको मूल्य एक लाख ९० हजार नौसय तोकेको छ । यी दुवै मोटरसाइकल डार्क ब्लु, वाइन रेड, इबोनि ब्ल्याक र डार्क वोटल ग्रीन गरी चार रङमा उपलब्ध भएको कम्पनीले जनाएको छ । 
 
नयाँ मोटरसाइकल भित्र्याएपछि बोल्दै एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले यसमा रहेको एड्भान्स ४ भल्भ १५० सिसि डिटिएसआई इञ्जिनले दिने १४.५ पिएस पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्ने बताए । उनले मोटरसाइकलले ७२ किलोमिटर प्रति लिटरको माइलेज दिने जानकारी पनि दिए । 
 
मोटरसाइकलमा पेटल डिस्क ब्रेक राखिएको छ । यस्तै डिजिटल मिटर, वाइड ट्युबलेस टायर र डिसी लाइटिङको सुविधा रहेको कम्पनीले जनाएको छ ।