बलिउड अभिनेत्री इशा देवलले गरिन मोटरसाइकल सार्वजनिक, ग्राहकलाई साँचो हस्तान्तरण

बिजमाण्डू
२०७१ फागुन १८ गते ००:०० | Mar 2, 2015
बलिउड अभिनेत्री इशा देवलले गरिन मोटरसाइकल सार्वजनिक, ग्राहकलाई साँचो हस्तान्तरण

काठमाडौं। बलिउड अभिनेत्री इशा देवलले नेपालमा हिरो एक्स्ट्रिम स्पोर्टस् फिचर नेपालमा सार्वजनिक गरेकी छिन्। एमटिभी हिरो रोडियस एक्स टू को ग्याङ लिडर रहेकी उनले कान्तिपथमा रहेको एनजीएम हिरो सोरुममा आयोजित कार्यक्रममा मोटरसाइकल लन्च गरेकी हुन्।

Tata
GBIME
Nepal Life

मोटरसाइकल मै नेपाल छिरेकी उनी बिहीबार नयाँ मोटरसाइकल लन्चका लागि जमलस्थित सोरुम आएकी थिइन्। इशाले मोटरसाइकलको पहिलो ग्राहक इन्द्र तामाङलाई मोटरसाइकलको साँचो हस्तान्तरणसमेत गरेकी थिइन्।

मोटरसाइकलमै आइन इशा
धुम फिल्मकी हिरोइन इशा मोटरसाइकलमा भैरहवा हुँदै नेपाल आएकी थिइन्। एमटिभी रोडिजको सुटिङका लागि आएकी उनी हिरोको करिज्मा जेडएमआर मोटरसाइकलमा नेपाल भित्रिएका थिइन्। भारतीय नम्बर प्लेटकै मोटरसाइकलमै उनी भारतकै वनारसबाट भैरहवा हुँदै काठमाडौं आएकी हुन्।

भारतीय चर्चित हिरो धर्मेन्द्र र हेमा मालिनीकी छोरी इशा थुप्रै बलिउड फिल्ममा हिरोइन रहिसकेकी छिन्। धुम उनको चर्चित फिल्म हो जसको तीन श्रृंखला बनिसकेको छ। इशासँगै करन कुन्द्रा रणविजय सिंह, विजेन्द्र सिंह, र भिजे वाणी, पनि नेपालमा मोटरसाइकलमै आएका थिए।

रणविजय रोडिजको पहिलो विजेता तथा अहिलेका मुख्य प्रस्तोता हुन्। देवल टिम लिडर हुन भने कुन्द्रा सिरियल अभिनेता हुन् जो यसै कार्यक्रमसँग जोडिएका छन्। विजेन्द्र सिंह भने भारतीय चर्चित बक्सर हुन्। उनले बेइजिङ ओलम्पिकमा कास्य पदक हासिल गरेका थिए।

गत सातादेखि एमटिभीको लोकप्रिय रियालिटी सो रोडिजका लागि नेपालमा सुटिङ भएको थियो। लुम्बिनी, पोखरा, कुरिनटार र काठमाडौंमा सुटिङ गरिएको थियो। उनीहरुको सुटिङ शनिबारसम्मै चलेको थियो।

के हो रोडिज ?
एमटिभी रोडिज युवाबीच लोकप्रिय रियालिटी टेलिभिजन सो हो जुन एमटिभी इन्डियाबाट प्रसारण हुने गर्छ। सन् १९९५ मा सुरु भएको रोड रुल्सको भारतीय संस्करणका रुपमा यो कार्यक्रमलाई लिइन्छ। ट्राभल, एडभेन्चर, ड्रामा मिश्रण हुने यो सो रघु राम र राजिव लक्ष्मणले सुरु गरेका थिए। 

यो कार्यक्रमको १२ औं संस्करणदेखि इशा देवलसहित नेपाल आएका चार जना यसमा समेटिन थालेका हुन्। यो सोले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने अपेक्षा गरिएको छ।