सुनको भाउ दुईसयले घट्यो, तोलाको ५१ हजार आठसय रुपैयाँमा कारोबार, चाँदी पनि थोरै सस्तो

बिजमाण्डू
२०७१ फागुन १९ गते ००:०० | Mar 3, 2015
सुनको भाउ दुईसयले घट्यो, तोलाको ५१ हजार आठसय रुपैयाँमा कारोबार, चाँदी पनि थोरै सस्तो

काठमाडौं। सुनको भाउ तोलामा दुईसय रुपैयाँले सस्तो भएको छ। सोमबार प्रतितोला ५२ हजारमा कारोबार भएको सुन मंगलबार ५१ हजार आठसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

सोमबार तीनसय रुपैयाँ बढेर ५२ हजार पुगेको सुनको भाउ मंगलबार फेरि दुईसय घटेको छ।

पछिल्लो केही दिन यता सुनको भाउ स्थिर जस्तै देखिएको छ। फागुन ६ गते यता सुनको भाउमा ठुलो उतारचढाव आएको छैन। व्यवसायीका अनुसार फागुन ६ यता सुनको भाउ ५१ हजार सातसयदेखि ५२ हजारको बीचमा कारोबार भइरहेको छ।

सुनको भाउ घटेको दिन चाँदीको भाउमा पनि थोरै परिवर्तन देखिएको छ। मंगलबार चाँदी तोलाको सातसयमा कारवबार भइरहेको छ। यसअघि सोमबार चाँदी प्रतितोला सातसय पाँच रुपैयाँमा कारोबार भएको थियो।