सामसङ ग्यालेक्सी एस ६ र एस ६ एज डेढमहिनापछि नेपाल भित्रिँदै, मूल्य आइफोन सिक्सकै हाराहारीमा

बिजमाण्डू
२०७१ फागुन १९ गते ००:०० | Mar 3, 2015
काठमाडौं । सामसङले गत सोमबार सार्वजनिक गरेको सामसङ ग्यालेक्सी एस ६ र एस ६ एज डेढ महिनापछि नेपाल भित्रने भएको छ ।

Tata
GBIME
Nepal Life

नेपालको लागि सामसङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएसका अनुसार ग्लोबल मार्केटमा बिक्री सुरुभएपछि नेपालमा पनि यी सेट भित्रिन्छ ।

आइएमएसका एक उच्च अधिकारीका अनुसार आइएमएस अप्रिल १० मा नै यी सेट नेपाल ल्याउने तयारीमा जुटिसकेको छ । ती अधिकारीले भने, 'सामसङले नै विश्वबजारमा चैत (अप्रिल १०) मा बिक्री सुरु गर्छ । हामी पनि यही बेला नेपाल ल्याउने तयारी गरिरहेका छौँ ।'

ती अधिकारीका अनुसार नेपालको दूरसञ्चार सेवा प्रदायकले दिने सेवासँग मिल्ने 'अपरेटर कम्प्याटिबल'  हुने गरि ल्याउने तयारी गरेको छ ।

सामसङले सार्वजनिक गरेको यी फोन एलटिई अर्थात फोर्जी सपोर्ट गर्ने मोबाइल हुन् । तर नेपाल दूरसञ्चार प्राधिकरणले फोर्जी सेवा सञ्चालन गर्न अहिलेसम्म कुनै कम्पनीलाई अनुमित दिएको छैन । उनले भने, 'पहिले प्राधिकरणले टेष्ट गर्छ अनि मात्रै हाम्रा सेटहरु भित्रिन्छन् ।'

नेपालमा यसको मूल्य कति पर्ने भन्ने यकिन नभइसकेको ती अधिकारीको भनाई छ । नेपालमा यी सेटको मूल्य आएफोन सिक्स प्लसको मूल्यको हाराहारीमा पर्ने आइएमएसका एक कर्मचारीले बताए ।

स्पेनको वार्सिलोनामा सोमबारबाट सुरु भएको मोबाइल वर्ल्ड कंग्रेसको अवसर पारेर सामसुङले दुईवटा नयाँ सेट सार्वजनिक गरेको थियो ।

यी फोनमा प्लाष्टिकको सट्टा रि-इन्फोर्स्ड ग्लास राखिएको छ भने एयरक्राफ्ट ग्रेड अल्मुनियम प्रयोग गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आनुसार ग्यालेक्सी एस ६ एप्पलको आइफोन  ६ जस्तै छ ।

यी फोनमा प्लास्टिक कभरको सट्टा मेटल कभर प्रयोग गरिएकोले पहिले जस्तै पछाडिको पाता र ब्याट्री प्रयोगकर्ताले झिक्न सक्दैनन् । यी दुबै फोनमा पाँच दशमलव एक इन्चको क्वाड एचडी (२४६० x१४४०) सुपर एमलोड डिस्प्ले रहेको छ । त्यसो त एस ६ एजको दायाँ र बायाँको किनार कर्व्ड डिस्प्ले (घुमाउरो) रहेको छ । सामसङले आफ्नो नोट एज ट्याब्लेटमा घुमाउरो स्क्रिनको प्रयोग गरिसकेको छ ।

यी दुबै फोनमा ६४ विट २.१ गिगाहर्ज इक्जाइनस अक्टा कोर प्रोसेर रहेको छ ।  यसमा एन्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिस्टम राखिएको छ । यी फोनमा टचविज युआइ राखिएको छ । जसले गर्दा गुगलको म्याट्रियल डिजाइनले अनावश्यक कन्टेन्टहरुलाई मोबाइलमा आउनबाट रोक्ने काम गर्छ ।
 
ग्यालेक्सी एस ६ र एस ६ एजमा तीन जिबी र्‍याम रहेको छ । यी फोन ३२, ६४ र एकसय २८ जिबीमा उपलब्ध छ । यी फोनले फोर्जी एलटीई नेटवर्क सपोर्ट गर्छ । एस ६ मा दुईहजार पाँचसय ५० एमएएचको व्याट्री रहेको छ भने एस ६ एजमा २६ सय एमएएचको व्याट्री रहेको छ । यसमा वायरलेस चार्जिङ सपोर्ट गर्ने विशेषता रहेको छ ।

सामसङले यो दाबी गरेको छ कि यी दुबै फोन १० मिनेट चार्ज गर्दा १० घण्टा सम्म चल्न सक्छन् । दुबै फोन आइफोन सिक्स भन्दा आधा समयमा फुल चार्ज हुने सामसङले दाबी गरेको छ ।

यो फोनमा पाँच मेगापिसक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने पछाडिको क्यामेरा १६ मेगापिक्सेलको रहेको छ । जसमा f9.1को लेन्स राखिएको छ । यसले कम प्रकाश भएको बेला पनि उत्कृष्ट फोटो खिच्न सक्छ ।

यी दुबै फोनमा कम्पनीले क्लिक लान्चको फिचर दिएको छ । जसले गर्दा होम बटन थिच्दा ०.७ सकेन्डमा क्यामरा खुल्ला हुन्छ । एस ६ र एस ६ एजको बिक्री २० देशमा आउँदो चैत २७ गतेदेखि सुरु गरिने सामसङले जनाएको छ । यी फोन ह्वाइट पर्ल, ब्ल्याक सफायर, गोल्ड प्लाटिनम रंगमा उपलब्ध छ । एस ६ ब्लु टोपाज र एस ६ एज ग्रीन एमराल्ड रंगमा पनि उपलब्ध छ ।