सेयर बजार साढे तीन अंकले घट्यो, साढे २२ करोडको कारोबार, वोनसले नेशनलनको कारोबार बृद्धि

बिजमाण्डू
२०७१ फागुन १९ गते ००:०० | Mar 3, 2015
काठमाडौं । अघिल्लो दिन ९.१८ अंकले बढेको सेयर बजार मंगलबार ३.४३ अंकले घटेको छ । कुल १४४ कम्पनीको सेयर कारोबार भएको छ ।
 
दिनभरीमा सात लाख २९ हजार ४९० कित्ता सेयर किनबेच भएको छ । कुल २२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
 
होटल, जलविद्युत् र अन्य सुचक बाहेक सबै समूह घटेको छ । सबैभन्दा वढी बिमा ४६ अंकले घटेको छ । बैंकिङ समूह पनि ३.४२ अंकले घटेको छ । जलविद्युत् ६.२७ अंकले बढेको छ भने अन्य समूह १.१८ अंकले बढेको छ ।
 
मंगलबार सबैभन्दा वढी नेशनल लाइफको दुई करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीले ३० प्रतिशत वोनस सेयर र ८ प्रतिशत नगद लाभांस दिने घोषणा गरेपछि कम्पनीको कारोबार बढेको हो ।
 
यति डेभलपमेन्ट बैंकको एक करोड ५६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड नौं लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । चिलिमे, नेपाल वंगलादेश बैंकको ९० लाख रुपैयाँभन्दा वढीको सेयर किनबेच भएको छ ।
 
बजार घट्दा पनि प्रिमियर फाइनान्स, ज्योति विकास बैंक, काठमाण्डू फाइनान्स, एपेक्स डेभलपमेन्ट बैंकलगायतका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा नेपाल आवास फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, सेवा विकास बैंक, एनआइसी एसिया बैंकका लगानीकर्ता छन् ।

Tata
GBIME
Nepal Life