बुधबार कालिमाटी तरकारी बजार बन्द हुने, तीन वर्षअघिको आगलागीको सम्झनामा बजार बन्द

बिजमाण्डू
२०७१ फागुन १९ गते ००:०० | Mar 3, 2015
काठमाडौं । बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तीन वर्ष अगाडि अर्थात २०६८ फागुन २० गते बजारमा भएको भीषण आगलागी पछि यही दिनलाई कालो दिन मानेर हरेक वर्ष फागुन २० गते बजार बन्द गरिँदै आएको छ । 
 
बजारको बहुउद्देश्यीय भवनमा लागेको आगलागीमा परी कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिका सुरक्षाकर्मी हीराबहादुर पुन, उनका तीन छोराछोरी, धादिङका पुजन मिजार र बाराका ओमप्रकाश जैसवालको मृत्यु भएको थियो । 
 
भवनमा भएको आगलागीमा परी गोदाममा भइका तरकारी, मसलाजन्य वस्तु नष्ट भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । भवनमा समितिले हरेक वर्ष फागुन २० गते मृतआत्माको चीरशान्तिको कामना गर्दै पुजापाठ, रुद्रीपाठ गर्ने गरेको छ ।
 
यस्तै समितिले बुधबार नै तरकारी बजार पुनर्निर्माण र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ । आगलागीको झन्डै साढे दुई वर्षपछि बजार पुनर्निर्माणको काम अघि बढे पनि निकै सुस्त गतिमा काम भइरहेको छ ।

Tata
GBIME
Nepal Life