बनेपा–बार्दिवास सडक सरकारलाई हस्तान्तरण गर्दै जापान, १८ वर्षमा बाटो निर्माण सकियो, २२ अर्ब लागत

बिजमाण्डू
२०७१ फागुन १९ गते ००:०० | Mar 3, 2015
बनेपा–बार्दिवास सडक सरकारलाई हस्तान्तरण गर्दै जापान, १८ वर्षमा बाटो निर्माण सकियो, २२ अर्ब लागत
काठमाडौं । जापान सरकारले निर्माण थालेको १८ वर्षपछि बनेपा–बर्दिवास सडक नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । आर्थिक वर्ष २०५३÷२०५३ मा निर्माण थालिएको यो सडक जापानले आउने मेमा सरकारलाई हस्तान्तरण गर्न लागेको हो । 

Tata
GBIME
Nepal Life


 

अर्थमन्त्री डा रामशरण महतलाई भेटेर जापानी राजदूत मासाशी ओगावाले आउने मे मा बाटो नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिएका हुन् ।

जापानको अनुदान सहयोगमा २२ अर्ब रुपैयाँ लागतमा एकसय ६० किलोमिटर लामो यो सडकको निर्माण गरिएको हो । 
 

यो बाटो निर्माण पुरा भएपछि काठमाडौंबाट पूर्वी तराई जोड्ने छोटो बाटो पनि सुरु भएको छ । जापान तनहुँ जलविद्युत आयोजनामा लगानी गर्ने दातृ राष्ट्र मध्येको एक हो । यस्तै जापानले नागढुंगास्थित टनेलमार्गको निर्माणमा पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ । 
 
भेटका क्रममा अर्थमन्त्री महतले जापानले नेपालको विकास निर्माणमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिएका थिए । बनेपा–बर्दिबास सडकको गुणस्तर राम्रो भएको भन्दै महतले कामप्रति सन्तुष्टि व्यक्त गरे ।