कोका कोला नेपाली तारा तीनको फाइनल शुक्रबार हुने, उपाधिका लागि तीन जना प्रतिश्पर्धि भिड्दै

बिजमाण्डू
२०७१ फागुन १९ गते ००:०० | Mar 3, 2015
कोका कोला नेपाली तारा तीनको फाइनल शुक्रबार हुने, उपाधिका लागि तीन जना प्रतिश्पर्धि भिड्दै

काठमाडौँ । लोकप्रिय रियालिटि सो कोका कोला नेपाली तारा ३ अन्तिम चरणमा प्रवेश गरेको छ । गत भदौमा धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा र भक्तपुर अडिसन हुँदै काठमाडौँ भित्रिएको कार्यक्रममा अब तीन जनाबीच उपाधिका लागि अन्तिम प्रतिश्पर्धा हुने भएको छ ।

हजारौँ प्रतिश्पर्धिलाई उछिनेर अन्तिम चरणमा पुगेका सुरेश लामा, प्रताप लामा र देबेस राई उपाधिका लागि स्टेजमा उत्रिने भएका हुन् । शुक्रबार भद्रकाली स्थित आर्मी अफिसर्स क्लव प्रतियोगिताको अन्तिम प्रदर्शन हुनेछ । उनीहरुले अन्तिम स्टुटियो प्रदर्शन गरि सकेको र निर्णायकले अंक समेत दिइ सकेको जनाइएको छ ।

Tata
GBIME
Nepal Life

उनीहरुले पाएको अंक भने गोप्य राखिएको छ । दर्शकले दिएको भोट र निर्णायकको अंक जोडेर शुक्रबार नै बिजेताको घोषणा गर्ने जनाइएको छ । भोटिङ लाइन २२ फागुन बिहान १० बजे खुला रहनेछ । सुरेश चितवन, प्रताप मोरङ र देबेस इटहरीका हुन् ।

प्रतियोगिताको विजेताले बजाज डिस्कोभर मोटरसाइकल सहित नगद दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । साथै तीन वटा गित रेकर्ड एवं तीनको म्युजिक भिडियो पनि आयोजनका तर्फबाट बनाइदिने जनाइएको छ । बिजेताले दक्षिण कोरियाको सियोलमा समेत कन्सर्टमा गाउन पाउनेछन् ।

प्रतियोगिताका अन्तिम १० प्रतियोगीले जनहि नगद ११ हजार रुपैयाँका साथ विषेश टप टेन एल्वममा एक/एक वटा एल्वममा गित गाउने अवसर पाउनेछन् । कोका कोलाको मुख्य प्रायोजन गरेको कार्यक्रममा डिसहोम र मास्टरपीसले समेत सहकार्य गरेका छन् ।