नयाँ गभर्नर अर्को साता, समितिमा कानुनका प्रावधानमाथि छलफल, मन्त्रीको उपचारपछि अर्को वैठक

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
अपडेड
काठमाडौं । नयाँ गभर्नर छान्नका लागि बसेको छनौट समितिले सामान्य छलफल मात्र गरेको छ । अर्थमन्त्री डा. रामशरण महतको नेतृत्वमा बसेको छनौट समितिको वैठकले ऐन कानुनमा के कस्तो व्यवस्था छ भनेर सामान्य छलफल मात्र गरेको थियो ।
 
‘आज प्रारम्भिक बैठक बसेका हौं, ऐन कानुनका प्रावधार र बैंकिङ क्षेत्रलाई नेतृत्व गर्न सक्ने व्यक्ति गभर्नर हुनु पर्छ भन्ने विषयमा मात्र छलफल भएको छ,’ छनौट समितिका सदस्य तथा पूर्व गभर्नर हिमालय शम्शेर राणाले बिजमाण्डूसँग भने, ‘सम्भवत अर्को वैठकले नाम सिफारिस गर्छ ।’
 
यसै साता अर्थमन्त्री डा. महत उपचारका लागि अस्पताल भर्ना हुँदैछन् । उनी त्यहाँबाट डिस्चार्ज भएपछि अर्को बैठक बस्ने छ । एक साताभित्रै नयाँ गभर्नरको नाम सिफारिस गर्न समितिभित्र अनौपचारिक छलफल भएको छ ।
 

काठमाडौं । नयाँ गभर्नर छान्नका लागि अर्थमन्त्री डा. रामशरण महत नेतृत्वको समितिको औपचारिक बैठक आज बस्ने भएको छ । 

 

Tata
GBIME
Nepal Life
डा. महत उपचारको समय लिनका लागि भन्दै अहिले  धुलिखेल अस्पताल गएका छन् । उनको पित्तथैलीमा पत्थरी भएको छ ।
 
समितिको वैठक सम्भवत धुलिखेलमै बस्ने छ । समितिमा पूर्व गभर्नर हिमालय शम्शेर राणा, राष्ट्र बैंकका पूर्वसञ्चालक पार्थिवेश्वर तिमिल्सिना छन् । सरकारले अघिल्लो साता नै समिति गठन गरेपनि सदस्यहरुबीच औपचारिक वैठक हुन सकेको थिएन ।
 
स्रोतका अनुसार, बाणिज्य बैंकका प्रमुख कार्यकारीहरुमध्येबाट गभर्नर नबनाउने समिति सदस्यबीच सहमति भइसकेको छ । अर्थमन्त्रीले बैंकरहरुसँग केही दिनअघि भनेका थिए– जो आए पनि राम्रो व्यक्ति आउने छ । प्रशासन चलाएको, लामो अनुभव भएको व्यक्ति गभर्नर हुने छन् । गभर्नर डा. युवराज खतिवडा चैत ५ गतेबाट अवकास हुँदैछन् ।

आजै अपरान्ह ४ बजे मन्त्रीपरीषदको बैठक बस्दै छ । सिफारिस समितिले नाम सिफारिस गरे मन्त्रीपरीषदले नयाँ गभर्न आजै छान्न सक्छ । सरकारले अर्थ मन्त्रालयमा दुई सचिवको पदस्थापन आजै गर्ने तयारी छ । दुईमध्ये एक अर्थ सचिव र अर्काे राजश्व सचिव हुने छन् ।