सिटिसी मलमा अन्तर्राष्ट्रियस्तरको स्पा संचालनमा, एक महिनासम्म निशुल्क सेवा दिने, सेवा सुरु

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
सिटिसी मलमा अन्तर्राष्ट्रियस्तरको स्पा संचालनमा, एक महिनासम्म निशुल्क सेवा दिने, सेवा सुरु

काठमाडौं। सुन्धारास्थित सिटिसी मलको सातौं तलामा अन्तर्राष्ट्रियस्तरको स्पा संचालनमा आएको छ। सिटिसी मलमा ग्लोरियस वेलनेस ब्युटी एण्ड सलोन प्रालीले स्पासहितको सुविधा सुरु गरहेको हो।

Tata
GBIME
Nepal Life

मलमा इन्टरनेशनल स्पा थेरापी, ओरेण्टल स्पा थेरापी, ट्रेडिसनल स्पा थेरापी, आयुर्वेदिक स्पा थेरापी, नेचुरल तथा हर्बोलोजी स्पा थेरापी, स्टिम, ज्याकुजी, सोनालगायतका सुबिधाका साथै उत्कृष्ट ब्युटी स्टुडियो र सलोन स्टुडियो पनि संचालनमा आएको छ । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको यो स्पा पाँच हजार स्क्वायर फिट क्षेत्रफलमा संचालनमा आएको छ । कुटनीतिक नियोगमा कार्यरत बिदेशी कर्मचारी, नेपालका बिजनेश पर्सनालिटी, बिदेशी पर्यटक तथा स्पा थेरापीका लागि बिदेश गइरहने नेपालीलाई लक्षित गरेको यो स्पामा उत्कृष्ठ हस्पिटालिटी सेवाका साथै अन्तराष्ट्रियस्तरका स्पा प्रडक्टको प्रयोग गरिने स्पाका प्रबन्ध निर्देशक बाबुराम श्रेष्ठले जानकारी दिए।

शान्त वातावरणमा उत्कृष्ट इन्टेरियर डिजाइन, काष्ठकलाको साथै सुमधुर संगीतसँगै विभिन्न थेरापीको आनन्द पाइने संचालक श्रेष्ठले बताए । यस स्पामा सिंगल, कपल, फेमिली र कर्पोरेट मेम्बरसीपको अबधारणा ल्याएको ग्लोरियस वेलनेस स्पाले जनाएको छ । महिला, पुरुष र फेमिलीको लागि अलग अलग जोनमा छुट्याउनुका साथै चेन्जिङ रुम र लकरको अलग अलग ब्यबस्था गरिएको स्पाले जनाएको छ  ।

१ हजार ५ सय रुपैयाँ देखि १५ हजार रुपैयाँसम्मका विभिन्न स्पा थेरापी लिन सकिने श्रेष्ठले जानकारी दिए । संचालनमा आएको अवसरमा ग्लोरियस स्पाले एक महिनासम्म निशुल्क सेवा दिने बताएको छ । एक महिना भित्र पूर्णरुपमा संचालनमा आउने यो स्पाले अन्तर्राष्ट्रियस्तरको सुबिधा दिने आफू पहिलो भएको दाबी गरेको छ ।