बढेर बन्द भयो पुँजीबजार, बैंक र इन्स्योरेन्सले तान्यो, प्रिमियरको मुल्य सय रुपैयाँले बढ्यो

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
बढेर बन्द भयो पुँजीबजार, बैंक र इन्स्योरेन्सले तान्यो, प्रिमियरको मुल्य सय रुपैयाँले बढ्यो

काठमाडौं । दिनभर उतारचढावमा रहेको नेप्से परिसूचक अन्तिममा २.०७ अंकले बढेर बजार बन्द भयो । बुधबार पुँजी बजार खुल्ने साताकै अन्तिम दिन हो । विहीरबा फागु पुर्णिमा परको कारण अब आइतबार मात्रै सेयर कारोबार हुनेछ ।

Tata
GBIME
Nepal Life

बजारलाई बैंक र इन्स्योरेन्सले माथि उठाएका हुन् । बढ्को सूचकमा, अन्य, व्यापार र फाइनान्स पनि छन् । तर बैंक र इन्स्योरेन्सको सूचक तुलनात्मक रुपमा धेरै बढे । प्रिमियर इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता एक सय दुई रुपैयाँले बढ्यो । बुधबार धेरै कमाउने लगानीकर्ता यहि इन्स्योरेन्सका हुन् ।

त्यस्तै नेपाल लाइफका लगानीकर्ताले प्रतिकित्ता प्रतिकित्ता ८० रुपैयाँका दरले र प्राइम लाइफका लगानीकर्ताले पनि ७६ रुपैयाँका दरले कमाए ।

धेरै गुमाउनेमा होटल समूहका लगानीकर्ता परेका छन् । होटलसमूहको परिसूचक ४२ अंकले घटेको छ । सोल्टी होटलको सेयर मुल्य प्रतिकित्ता १५ रुपैयाँका दरले सेयर मुल्य घटेपछि यो समूह तल झरेको हो ।

जलविद्यूत समूहको सूचक ४.२४ र  विकास बैंक २.५५ले घट्यो । बुटवल पावर कम्पनीको सेयर मुल्य घटेपछि जलविद्युत समूह तल ओर्लिएको हो । केही लघुवित्त कम्पनीको सेयर मुल्य बढेपनि ठूला विकास बैंकका कारण समूहको सूचक भने बढ्न सकेन । स्वरोजगार लघुवित्त, सिद्धार्थ विकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकलगायतका सस्थाको सेयर मुल्य घटेको हो ।

दिनभरमा जम्मा २५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एक सय ४७ वटा कम्पनीको सेयर किनबेच भएको थियो ।