एलआइसीको ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित, बीमा शुल्क आम्दानी बढ्यो

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
एलआइसीको ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित, बीमा शुल्क आम्दानी बढ्यो

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको १३ वार्षिक साधारणसभाले गत आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ। बुधबार बसेको साधारणसभाले कर प्रयोजनका लागि एक दशमलव ५८ प्रतिशत नदग लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले गत आर्थिक वर्षमा ९१ हजार आठसय ४५ नयाँ बिमालेख विक्री गरी प्रथम बिमाशुल्क बापत एक अर्ब २८ करोड रुपैयाँ संकलन गरेको जनाएको छ। २०७१ असार मसान्तसम्ममा कम्पनीको चारलाख पाँच हजार चालु बिमालेख रहेको जनाएको छ। यो अवधिमा कम्पनीको बीमा कोषमा १५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।

कम्पनीले गएको असार मसान्तसम्ममा बीमा कोषमा ३१ प्रतिशतले वृद्धि भएको जनाएको छ। यस्तै प्रथम बीमा शुल्क आर्जन ३९ प्रतिशतले, बीमालेख बिक्री ४१ प्रतिशतले, लगानीतर्फ २८ प्रतिशतले र प्राप्त आम्दानीमा २० प्रतिशतले बढेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा कूल जीवन बीमा कोषमा १७ अर्ब ८३ करोड जम्मा भइसकेको भन्दै वर्षको अन्त्यसम्ममा एक लाख २० हजार नयाँ बीमा लेख बिक्री गरी एक अर्ब ७५ करोड रकम संकलनको लक्ष लिएको जनाएको छ।

साधारणसभामा सभाध्यक्ष एसबी मायनाकले एलआइसीको माध्यमबाट नेपालको आर्थिक वृद्धि एवं सामाजिक विकासमा सहभागी भएकोमा खुशी व्यक्त गरे ।