धनुषाको सबैला गाविसमा ग्लोबल आइएमईको शाखारहीत सेवा, शाखारहीत सेवा संख्या ३३ पुग्यो

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
धनुषाको सबैला गाविसमा ग्लोबल आइएमईको शाखारहीत सेवा, शाखारहीत सेवा संख्या ३३ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि धनुषाको सबैला गाविस वडा नं ८ मा ३३ औं शाखारहीत बैंकिङ सेवा सुरु गरेको छ । सबैला गाविसमा सुरुवात गरिएको शाखारहीत सेवाको सबैला व्यवसायी संघका अध्यक्ष श्रीप्रताप नायकले उदघाटन गरे । 

Tata
GBIME
Nepal Life


 

कार्यक्रममा ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरि सेवाको सुरुवात गरे । 
 
उक्त सेवा सञ्चालनका लागि स्थानिय व्यवसायी सञ्जयकुमार शाहलाई व्यवसायीक प्रतिनिधी नियुक्त गरिएको छ । ग्लोबल आइएमई बैंकले बैंकिङ पहुँच पुग्न नसकेका स्थानहरुमा शाखारहीत बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दे आईरहेको छ ।