बरुण हाइड्रो र जनउत्थान लघुवित्तको सेयर भर्न सर्वसाधारणको भिड, विहान सात बजेदेखिनै लाइन

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
बरुण हाइड्रो र जनउत्थान लघुवित्तको सेयर भर्न सर्वसाधारणको भिड, विहान सात बजेदेखिनै लाइन

Tata
GBIME
Nepal Life

अंगद ढकाल/बिजमाण्डू 

काठमाडौं । वरुण हाइड्रो पावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको साधारण सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।


 
फागुन १७ गतेबाट दुवै कम्पनीले साधारण सेयर जारी गरेका हुन् । बरुणले चार लाख ८६ हजार कित्ता र जनउत्थानले ९० हजार कित्ता साधारण सेयर जारी गरेका हुन् । 


 
एक सय रुपैयाँमै सेयर पाइने भएकाले लगानीकर्ताहरुको आकर्षण बढेको हो । दोस्रो बजारमा बिक्री गर्दा मूल्यमा गुणात्मक बृद्धि हुने भएकाले पनि लगानीकर्ता साधारण सेयर भर्न लामो लाइन बस्न तयार हुन्छन् ।

 
बरुण हाइड्रोको सेयर न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म मात्र आवेदन गर्न पाइने व्यवस्था छ । जनउत्थानका लागि न्युनतम १० र बढीमा दुई हजार कित्तासम्म आवेदन भर्न पाइने व्यवस्था छ । 

 
कम्पनीका सेयर भर्नका लागि विहानै सात बजेदेखि लाइन लागेको थियो । कतिपय सर्वसाधारणसले सेयरको फारम पाउन सकेका थिएनन् । बच्चा बोकेर लाइनमा बस्नेहरु पनि भेटिएका थिए । बृद्धहरु पनि घन्टाै लाइनमा बसेका थिए । राजधानी वाहेकका जिल्लाहरुबाट पनि सर्वसाधारण सेयर आवेदन दिनका लागि आएका थिए ।