अनौपचारिक बजारबाट भारत आइपुग्यो आईफोन ५, मूल्य एक लाख ८४ हजार रुपैयाँ

बिजमाण्डू
२०६९ असोज १० गते ००:०० | Sep 26, 2012
अनौपचारिक बजारबाट भारत आइपुग्यो आईफोन ५, मूल्य एक लाख ८४ हजार रुपैयाँ

नयाँदिल्ली । एप्पलले भर्खरै बजारमा ल्याएको आईफोन ५ बोक्ने इच्छा छ भने दुई लाख रुपैंया बोकर भारतयात्रा गर्नु भए हुन्छ । हो, भारतीय संचारमाध्यमका अनुसार भारतमा दुई लाख रुपैंयामा आईफोन ५ को अनलक्ड भर्सन बिक्री वितरण भईरहेको छ । विश्व बजारमा एक साताअघि देखि बिक्री सुरु भएको एप्पलको आईफोन ५ भारतमा औपचारीक रुपमा बिक्री हुन थालेको छैन ।
नानो सिम मात्रै राख्न मिल्ने आईफोन ५ फोन गर्नकालागि नभई संगित सुन्न तथा इन्टरनेट चलाउनकालागि खरिद भैरहेको व्यापारीहरु बताउँछन् । हाल मूम्बईको हिरा पन्ना तथा खान मार्केटमा मात्रै आईफोन ५ बिक्री भइरहेको छ । सामान्य सिमलाई काटेर एवं घोटेर भए पनि प्रयोग गरिरहेका छन् । भारतमा १ लाख भारुमा नानो कार नै पाइन्छ । आईफोन ५ को मूल्य भने १ लाख १५ हजार भारु देखि १ लाख ३५ हजार भारुसम्म छ ।
हालसम्म कहिले बिक्री हुने भन्ने तय नभएको भए पनि अनलाईन मार्केट इबे डट ईन तथा ओएलएक्स डट इनमा ५८ हजार भारुमा १६ जिबी,  ९४ हजार भारुमा ३२ जिबी र एक लाख ६ हजार भारुमा ६४ जिबीको आइफोन ५ अर्डर गर्न सकिन्छ ।
आधिकारीक भन्दा उच्च मूल्य भए पनि भारतमा अनौपचारीक माध्यमबाट भित्रिएका आईफोन ५ को माग उच्च भएको बिक्रेताहरु बताउँछन् । कम्पनीले आईफोन ५ को १६ जिबीको मूल्य ६४९ डलर (५६ हजार रुपैंया), ३२ जिबीको मूल्य ७४९ डलर (६४ हजार ५ सय रुपैंया) तथा ६४ जिबीको मूल्य ८४९ डलर (७३ हजार रुपैंया) निर्धारण गरेको छ ।

Tata
GBIME
Nepal Life