अपर तामाकोशीको सेयर भर्ने म्याद थपियो, सञ्यचकर्ता र कर्मचारीले चैत १५ गतेसम्म बुझाउन पाउने

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
अपर तामाकोशीको सेयर भर्ने म्याद थपियो, सञ्यचकर्ता र कर्मचारीले चैत १५ गतेसम्म बुझाउन पाउने

काठमाडौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयर आवेदन बुझाउने म्याद थपिएको छ । आवेदन दिने म्याद चैत १५ गतेसम्म पुर्याइएको नागरिक लगानी कोषले जनाएको छ ।

Tata
GBIME
Nepal Life

तामाकोशीले पहिलो चरणमा कम्पनीमा कार्यरत तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी, कर्मचारी संचयकोषको संचयकर्ता र क्रण प्रदान गर्ने संस्थाको कर्मचारीलाई फागुन ११ देखि सेयर निस्कासन गरेको थियो । कम्पनीले जारी गरेको आब्हान पत्रमा सेयर निस्कासन हुने मिति छिटोमा फागुन २५ र ढिलोमा चैत १५ सम्म राखिएको छ ।

सबै कर्मचारी तथा सञ्चयकर्ताले सेयर भर्न पाउन भन्ने उद्देश्यले आवेदन गर्ने म्याद थप गरिएको हो । ७५ जिल्लाका सबै सहभागीलाई समेट्ने उद्देश्यले सेयरको दरखास्त बुझाउने समय थप गरिएको नागरिक लगानी कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह–निस्कासन तथा बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैकिंग लिमिटेड छ । दोलखा जिल्ला वासीको लागि १ चैत देखी सेयर निस्कासन हुदैछ ।