यस्तो छ युवा लक्षित हिरो एक्स्ट्रिम स्पोर्ट्स, मुल्‍य २ लाख २१ हजार र २ लाख ३० हजार रुपैयाँ

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015
यस्तो छ युवा लक्षित हिरो एक्स्ट्रिम स्पोर्ट्स, मुल्‍य २ लाख २१ हजार र २ लाख ३० हजार रुपैयाँ

काठमाडौं । हिरो मोटरकर्पको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले स्पोर्ट्स बाइक पारखी युवा लक्षित हिरो एक्स्ट्रिम स्पोर्ट्स बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार १५.४ पिएसको उत्कृष्ट शक्ति भएको यो बाइकमा स्ट्रिट फाइटरको लुक्स र ग्राफिक्स छ। स्पोर्टी राइडिङ पोजिसनका लागि यो बाइकमा चौंडा ह्याण्डल बार तथा यसको अगाडि र पछाडि डिस्क ब्रेक समावेश छ।

यो मोटरसाइकललाई नयाँ स्पोर्टी लुक्स र नयाँ विशेषताका साथमा प्रस्तुत गरिएको कम्पनीको दावी छ। नयाँ एलइडी टेल लाइट, पछाडिको चक्कामा फराकिलो टायर भएकाले चिप्लिने संभावनालाई न्यून छ। यसबाहेक डिजिटल मिटर कन्सोलमा साइड स्ट्याण्ड इन्डिकेटर राखिएकाले चालकलाई अझ सुरक्षित बनाएको छ।

आकर्षक ट्यांकी, हेडलाइट तथा भाइजरको नयाँ बनावट, ट्यूब लेस टायर, थ्रीडी लोगो डिजाइन जस्ता आकर्षक विशेषता हुँदा युवाबीच लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ।

हाल यो मोटरसाइकलमा ५ वटा रङ्गमा उपलब्ध छन्। यसको मूल्य नेपाली बजारमा २ लाख २१ हजार ५०० सिंगल डिस्क र २ लाख ३० हजार डबल डिस्कका लागि तोकिएको कम्पनीले जनाएको छ ।