सरकारले गर्‍यो सचिव सरुवा, अर्थ मन्त्रालयमा नवराज भण्डारी ल्याइए, उद्योगमा जयमुकुन्द खनाल

बिजमाण्डू
२०७१ फागुन २० गते ००:०० | Mar 4, 2015

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले सरकारका केही विशिष्ट श्रेणीका अधिकृत र सचिवको सरुवा तथा भर्खरै विशिष्ट श्रेणीमा पदोन्नति भएका सचिवहरुको पदस्थापना गर्ने निर्णय गरेको छ। 

Tata
GBIME
Nepal Life
पदस्थापना गरिएका सचिव

नारायणगोपाल मलेगु र प्रेमकुमार राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
उत्तमकुमार भट्टराई कृषि विकास मन्त्रालय,
जयमुकुन्द खनाल उद्योग मन्त्रालय
खुमराज पुञ्जाली शान्ति तथा पुनःनिर्माण मन्त्रालय
सूचना तथा सञ्चारमन्त्रालय सुनिलबहादुर मल्ल,
वाणिज्य तथा आपूर्ति मन्त्रालय ङइन्द्रप्रसाद उपाध्याय,
सार्वजनिक खरिद अनुगमन कार्यालय टङ्कमणि शर्मा,
रक्षा मन्त्रालय ईश्वरीप्रसाद पौड्याल,
नेपाल ट्रष्टको कार्यालय नरबहादुर रजावर
रमेशकुमार शर्मा राष्ट्रिय सर्तकता केन्द्र
जल तथा ऊर्जा आयोग गजेन्द्रकुमार ठाकुर,
राष्ट्रिय सूचना आयोग लक्ष्मणप्रसाद मैनाली,
सामान्य प्रशासन मन्त्रालय राजन खनाल,
अर्थ मन्त्रालय नवराज भण्डारी,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग श्रीधर सापकोटा 

प्रशासकहरु
क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत विजयकुमार मल्लिक,
क्षेत्रीय प्रशासन कार्यालय धनकुटा सुरेशप्रकाश आचार्य,
क्षेत्रीय प्रशासन कार्यालय सुदूरपश्चिमाञ्चल शरदराज विष्ट,
क्षेत्रीय प्रशासन कार्यालय मध्यमाञ्चल रामकुमार आचार्य र
क्षेत्रीय प्रशासन कार्यालय पोखरा दिनेशकुमार थपलिया

मन्त्रिपरिषद्का अरु निर्णय

मन्त्रिपरिषद्को बैठकले असाधारण क्षमता भएका चार वर्षीय बालक आदित्य दाहाललाई उपयुक्त स्थानमा औषधि उपचार गराउन बढीमा रु २५ लाख र सँगै जाने दुई जनाका लागि आउन जाने टिकटको खर्चसमेत सरकारले उपलब्ध गराउने निर्णय गरेको छ। 

यसैगरी बैठकले फष्ट नेपलिज वुुमेन केटु एक्सपिडिसन–२०१४का नेपाली महिला पाकिस्तानको सर्वोच्च शिखर माउण्ड केटु आरोहणका लागि रु पाँच लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । 

तेस्रो महिला साफ च्याम्पिएनसिपमा दोस्रोस्थान प्राप्त गर्ने नेपाली राष्ट्रिय महिला फूलबल टोलीका प्रत्येक खेलाडीलाई रु २५ हजारका दरले २० जना खेलाडी, मुख्य प्रशिक्षकलाई रु १५ हजार र प्रशिक्षकलाई रु १० हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए।