उच्च माध्यमिक शिक्षा परिषदमा ७५ जनालाई जागिर खुल्यो, प्रशासन तर्फ मात्र ५५ जना कर्मचारी माग

बिजमाण्डू
२०७१ फागुन २२ गते ००:०० | Mar 6, 2015
उच्च माध्यमिक शिक्षा परिषदमा ७५ जनालाई जागिर खुल्यो, प्रशासन तर्फ मात्र ५५ जना कर्मचारी माग
काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले प्रशासन, लेखा र कम्प्युटका लागि कर्मचारी माग गरेको छ । परिषदले तीन वटा पदका लागि ७५ जना कर्मचारी माग गरेको हो ।
 
परिषदले प्रशासन सहायक पदका लागि ५५ जना, लेखा सहायकका लागि सात जना र कम्प्युटर सहायकर्फ १३ जना कर्मचारी नियुक्त गर्ने जनाएको छ । सार्वजनिक सुचना जारी गर्दै परिषदले ३० दिनभित्र जागिरका लागि आवेदन दिन भनेको छ ।
 
प्रशासन सहायकका लागि प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेको हुनु पर्ने छ । यसका लागि विषय छुट्याइएको छैन । लेखा सहायकका लागि भने बाणिज्य, अर्थशास्त्र वा गणितमा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनु पर्ने छ । कम्प्युटर सहायकका लागि कम्प्युटर बिषयले प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनु पर्छ । 


 
परिषदले परीक्षा केन्द्र पछि निर्धारण गरिने जनाएको छ । दरखास्त दिनका लागि परिषदको सानोठिमीस्थित कार्यालय जानु पर्ने हुन्छ । 

Tata
GBIME
Nepal Life