सामसङ मोवाइलको बुटवल, दाङ र नारायणगढमा स्मार्टफोन क्याफे सुरु

बिजमाण्डू
२०६९ असोज ११ गते ००:०० | Sep 27, 2012

काठमाडौं । सामसङ मोबाइलले बुटवल, दाङ र नारायणगढमा स्मार्टफोन क्याफे खोलेको छ । क्याफेको सामसङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजका अध्यक्ष दीपक मलहोत्रा र नेपाल राष्ट्रिय कराते महासंघका अध्यक्ष दावा गुरुङले संयुक्त रुपमा उद्घाटन गरे । क्याफेमा विभिन्न मोडेलका सामसङ स्मार्टफोन, स्मार्टफोनका एस्सेसरिजका बारेमा जानकारी पाउन सकिन्छ ।
क्याफे शुभारम्भको अवसरमा सामसङ मोबाइलको खरिदमा सरप्राइज गिफ्ट दिएको कम्पनीले जनाएको छ । कम्पनीले नेसनल मोबाइल हब बनाउने भन्दै ५० वटा यस्ता स्मार्ट फोन सञ्चालनमा ल्याउने जनाएको छ ।

Tata
GBIME
Nepal Life