मिर्मिरे माइक्रोफाइनान्सले चैत ४ गतेबाट आइपिओ जारी गर्दै, ६० हजार कित्ता, बढीमा हजार कित्ता

बिजमाण्डू
२०७१ फागुन २६ गते ००:०० | Mar 10, 2015
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चैत ४ गतेबाट सर्वसाधारणमा प्राथमिक सेयर निस्कासन गर्ने भएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको बैंकले एक सय रुपैयाँ अंकित दरका ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।
 
बैंकको कुल सेयरमध्ये १२ सय कित्ता कर्मचारीलाई छुट्याएको छ । ती हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको बैंकले जनाएको छ । बाँकी सेयरका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
 
बैंकको सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । चैत ९ गतेसम्म बिक्री खुला हुने छ । 
 
ग्रोमोर मर्चेन्ट बैंकर निस्कासन तथा विक्री प्रबन्धक रहेको छ । बैंकको सेयरका लागि ग्रोमोर मर्चेन्ट बैंकर, मिर्मिरे माइक्रोफाइनान्स, गुडविल फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, एनआइबिएल क्यापिटल मार्केट र साझा विकास बैंकमा आवेदन दिन सकिन्छ । 
 
एक करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको ६० हजार कित्ता साधारण सेयर निस्कासनपछि पुँजी दुई करोड रुपैयाँ पुग्ने छ । 

Tata
GBIME
Nepal Life