जनउत्थान लघुवित्तमा हालसम्मकै धेरै आवेदन, ९० लाखको आवेदन माग्दा तीन अर्बको निवेदन

बिजमाण्डू
२०७१ फागुन २७ गते ००:०० | Mar 11, 2015
जनउत्थान लघुवित्तमा हालसम्मकै धेरै आवेदन, ९० लाखको आवेदन माग्दा तीन अर्बको निवेदन

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको प्राथमिक सेयरमा हालसम्मकै धेरै गुणा आवेदन परेको छ । यो लघुवित्तले ९० लाखको साधारण सेयरका लागि आवेदन खुला गर्दा दुई अर्ब ९५ करोडको आवेदन परेको छ ।

Tata
GBIME
Nepal Life

सर्वसाधारणमा जारी गरीएको शेयर भन्दा ३२७ गुणा बढि आवेदन परेको जनउत्थानले जनाएको छ । बैंकका कार्यकारी प्रमुख दिलिप कुमार पोखरेलले हालसम्मकै बढी गुणा आवेदन परेको जनाएका छन् ।

बैंकले यहि फागुन १७ देखि २० गतेसम्म ९० हजार कित्ता शेयर सर्वसाधारणको लागि निश्कासन गरेको थियो । कन्चनपुर देखि मकवानपुरसम्मको १० जिल्ला कार्यक्षेत्र र रहेको यो सस्थाको मुख्य कार्यालय बुटवलमा छ ।

हालसम्म कायम रहेको चुक्ता पूँजी एक करोड १० लाख छ भने सर्वसाधारणलाई सेयर दिएपछि दुई करोड हुनेछ । सस्थाले हालसम्म चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, बाँके, बर्दिया, कैलालीमा समेत गरी सात वटा शाखा संचालन गरेको छ ।

बरुणमा पनि एक सय गुणा बढी
बरुण हाइड्रोको साधारण सेयरमा पनि एक सय गुणा बढीको आवेदन परेको छ । कम्पनीले कर्मचारी र सामूहिक लगानी कोष बाहेक सर्वसाधारणलाई चार करोड ५१ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गरेकोमा चार अर्व ४१ करोड रुपैयाँको आवेदन परेको छ ।

‘निश्कासन गरेको भन्दा एक सय गुणा बढी आवेदन पर्यो,’ विक्री प्रबन्धक सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म चालिसेले बिजमाण्डूसँग भने ।