पक्राउ परेका महासंघ अध्यक्ष पाण्डे अस्पताल भर्ना, राजधानीमा पूर्व अध्यक्षको अनौपचारिक भेला

बिजमाण्डू
२०७१ चैत्र ४ गते ००:०० | Mar 18, 2015
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे अस्पताल भर्ना भएका छन् ।
उच्च रक्तचापको विरामी रहेका पाण्डेको मुटुमा गम्भिर समस्या देखिएपछि गंगालाल अस्पतालमा भर्ना गरिएको छ ।

भ्रष्टाचार मुद्वामा पक्राउ नगर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार साँझ निवासबाटै पक्रेको थियो ।

Tata
GBIME
Nepal Life

पाण्डेलाई भेट्न महासंघका पूर्व अध्यक्षहरु गंगालाल अस्पताल भेट्न पुगेका छन् । पाण्डे पक्राउ परेलगतै बुधवार विहान पूर्व अध्यक्षहरुको अनौपचारिक छलफल समेत भएको थियो । महासंघलाई भावी दिनमा कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको स्रोतले बतायो ।

‘अनौपचारिक छलफल भएको हो । महासंघलाई कसरी अघि बढाउने बारेमा छलफल भयो,’ स्रोतले भन्यो, ‘फौजदारी मुद्वा लाग्नेवितिकै पद खाली हुने प्रावधान छ । महासंघको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो ।’ अहिले महासंघका असन्तुष्ट समूहको समेत अनौपचारिक छलफल भइरहेको छ ।

अध्यक्ष पाण्डे खानेपानी संस्थानको सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्वामा अदालतले दोषी ठहर गरेको थियो ।