जाँदाजाँदै गभर्नर खतिवडाको विपन्न वर्ग परिवारलाई उपहार, ५० हजारसम्मको सेयर किन्न बैंक ऋण

बिजमाण्डू
२०७१ चैत्र ४ गते ००:०० | Mar 18, 2015
जाँदाजाँदै गभर्नर खतिवडाको विपन्न वर्ग परिवारलाई उपहार, ५० हजारसम्मको सेयर किन्न बैंक ऋण

Tata
GBIME
Nepal Life

काठमाडौं । चैत ५ गते अवकास हुन लागेका गभर्नर डा. युवराज खतिवडाले जाँदाजाँदै विपन्न वर्गका परिवारलाई उपहार दिएका छन् । गभर्नरले बुधबार निर्देशन जारी गर्दै विपन्न वर्ग परिवारलाई सेयर खरीद गर्नका लागि ऋण मिलाइ दिएका हुन् । 

 
नेपाल राष्ट्र बैंकले जलविद्युत परियोजनाले स्थानीय वासिन्दाका लागि छुट्याएको सेयर खरीद गर्न प्रवाहित प्रति परिवार ५० हजारसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने नीति लिएको छ । यो नीतिपछि प्रभावित वासिन्दाले सेयर खरीद गर्न ५० हजार रुपैयाँसम्म ऋण पाउने छन् । 
 
विपन्न वर्ग परिवारले बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त विकास बैंकबाट यस्तो ऋण पाउने छन् ।