प्राइभेट जेट चढी ह्यारी पोर्टरकी लेखिका काठमाडौँ आइन्, कार्यक्रमका लागि अर्बपति लेखिका नेपाल

बिजमाण्डू
२०७१ चैत्र ६ गते ००:०० | Mar 20, 2015

Tata
GBIME
Nepal Life

उमेश श्रेष्ठ/कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौँ : ह्यारी पोर्टर शृङ्खलाको उपन्यासबाट विश्वभर चर्चा कमाएकी सेलिब्रिटी लेखिका जेके रोलिङ अहिले नेपालमा छिन्।

बिहीबार राति एचबी-जेओई रजिस्ट्रेसन नम्बर भएको प्राइभेट बिजनेस जेटबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको स्रोतले जनाएको छ। सो जहाज अहिले पनि विमानस्थलको पार्किङ बेमा रहेको छ।

रोलिङको नेपाल भ्रमणलाई निकै गोप्य राखिएको छ। उनी किन नेपाल आएकी हुन् र अहिले कहाँ छिन् भन्ने बारे केही थाहा हुन सकेको छैन।

यद्यपि केही स्रोतले नेपाल हुने एउटा कार्यक्रमका लागि उनी यता आएको हुनसक्ने बताउँछ।

अर्बपति लेखिका

लेखेरै अर्बपति बन्ने जेके रोलिङ बेलायती लेखिका हुन्। उनको ह्यारी पोर्टर फ्यान्टासी शृङ्खलाका उपन्यासहरु ४० करोडभन्दा बढी प्रति बिकेर इतिहासकै सबैभन्दा बढी बिकेको पुस्तक बनेको थियो।

ह्यारी पोर्टर बजारमा आउनुभन्दा अघिसम्म सरकारी सुविधामा जीवन यापन गरिरहेकी रोलिङ अहिले बेलायतकी १२ औँ धनी महिला बनेकी छिन्।