सुजुकी टुह्वीलर्सले बबरमहलमा सोरुम खोल्यो,सुजुकीका मोटरसाइकल तथा स्कुटर किन्‍न सकिने

बिजमाण्डू
२०७१ चैत्र ६ गते ००:०० | Mar 20, 2015
सुजुकी टुह्वीलर्सले बबरमहलमा सोरुम खोल्यो,सुजुकीका मोटरसाइकल तथा स्कुटर किन्‍न सकिने


काठमाडौं । भिजी अटोमोबाइल्स प्रालिको आधिकारिक डिलर इभोलुसन अटोमोबाइल्स प्रालिले काठमाडौंको बबरमहलमा सुजुकी टुह्वीलर्सको सोरुम खोलेको छ ।  

इभो ट्रेड ग्रुपको सब्सिडरी कम्पनी इभोलुसनले सुजुकी टुह्वीलर्सको बढ्दो माग भएसँगै गत बिहीबार सोरुमको उद्घाटन गरिएको जनाएको छ । यहाँबाट ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटर किन्‍न सक्नेछन् ।

Tata
GBIME
Nepal Life

भिजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुन्ज अग्रवाल, इभोलुसनका अध्यक्ष डिएम श्रेष्ठ र मिस हाउस अफ फेसन २०१३ की निती शाहले संयुक्त रुपमा सोरुमको उद्घाटन गरेका थिए ।  सुजुकीले यो भन्दा पहिला ११ ठाउँमा सो रुम खोलिसकेको छ ।