टोयोटाले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्यायो, सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा पाइने

बिजमाण्डू
२०७१ चैत्र ९ गते ००:०० | Mar 23, 2015
टोयोटाले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्यायो, सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा पाइने
काठमाडौं । टोयोटाले भैरहवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडले यस क्षेत्रका लागि टोयोटा कम्पनीबाट उत्पादित सबै ब्रान्डका गाडीहरुको बिक्री,बिक्री पछिको सेवा र गाडीका सामानहरुको (सेल्स, सर्भिस र स्पेयर पार्टस) प्रवर्द्धन गर्ने गरी सौरभ इन्टरप्राइजेजलाई यस क्षेत्रको बिक्रेता तोकेको छ ।

Tata
GBIME
Nepal Life

टोयोटाले भैरहवामा नँया बिक्री कक्ष,सर्भिस सेन्टर र स्पेयर पार्टस सेन्टर शनिबार सुरुवात गरेको हो ।

बिक्री कक्ष सहित अन्य शाखाको प्रालिका सिनियर डाइरेक्टर कैलाशभक्त राजभण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ, सौरभ इन्टरप्राइजेजका अध्यक्ष दिपकराज श्रेष्ठ र पञ्चकन्या ग्रुपका उपाध्यक्ष धु्रब कुमार श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

राजभण्डारीले अटो सम्वन्धि ज्ञान तथा दक्षता हासिल गरिसकेको र अटो बजारको अनुभव समेत सम्हालेकाले यस क्षेत्रको बिक्रेताको जिम्मेवारी सौरभ इन्टरप्राइजेजलाई दिएको बताए ।

महेन्द्र श्रेष्ठ र धु्रब कुमार श्रेष्ठले अटो बजारमा भिन्दै नाम र पहिचान रहेको टोयोटाले यस क्षेत्रमा लोकप्रियता पाउने जनाउँदै तीनवटा सेवा एकै साथ सुरु गरेकोमा पहिलादेखिनै टोयोटा कम्पनिका गाडी चढनेहरु पनि थप लाभान्वित हुने बताए ।
 
भैरहवा सहित दाङ र सुर्खेत क्षेत्रमा पनि टोयोटा गाडीको बिक्रीको जिम्मेवारी पाएको सौरभ इन्टरप्राइजेजका अध्यक्ष दिपकराज श्रेष्ठले ग्राहकहरुलाई गाडी बिक्री मात्र नभइ त्यसपछिको सबै सेवामा सदैब आफूहरु लागि  पर्ने बताए ।

अत्याधुनिक सर्भिस सेन्टरमा हाइड्रोलिक सिस्टमबाट गाडी मर्मत लगायतका सुविधा र स्पेयर पार्टस पाइने श्रेष्ठले बाए ।
 
सौरभकी प्रबन्ध निर्देशक रिमा बैश्यत श्रेष्ठले टोयोटाको मूल्य र मान्यताको गुणस्तरीय सेवा यँहाका स्थानीयलाई प्रदान गर्नेमा आफूहरु विश्वस्त रहेको बताइन् ।

टोयोटाको भैरहवा बिक्री कक्षबाट अहिले टोयोटाको पछिल्लो सेग्मेन्टको क्रस, कोरोल्ला, हायस, इटियस सेडान, इटियस लिमाको बिक्री तथा बुकिंग गर्ने जनाएको छ ।