युरोपको अप्रिलीआ बाइक नेपालको बजारमा, मुल्य दुई लाख ९० हजार देखि तीन लाख ३० हजारसम्म

बिजमाण्डू
२०७१ चैत्र १० गते ००:०० | Mar 24, 2015
युरोपको अप्रिलीआ बाइक नेपालको बजारमा, मुल्य दुई लाख ९० हजार देखि तीन लाख ३० हजारसम्म

काठमाडौं । युरोपको चर्चित बाइक अप्रिलीआ नेपाली बजारमा भित्रिएको छ । यो उत्कृष्ट रेसिङ बाइक मानिन्छ ।

Tata
GBIME
Nepal Life

अप्रिलीआलाई जेएनजे इन्टरनेशनले बजारमा ल्याएको हो । यो बाइकका दुई वटा मोडल नेपाल ल्याइएको हो । एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नेपालमा विक्री सुरु गरिएको कम्पनीले जनाएको छ । यी बाइकहरु १५० सिसि क्षमताको रहेका छन् ।

एसटिएक्स रोड बाइक पिच रोडको लागि उपयुक्त छ । इटिएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारो रोडमा पनि सजिलै कुदाउन सकिने हुँदा कच्ची बाटोको लागि उपयुक्त मानिएको छ । हाल एसटिएक्स रोडको सुरुवाती मूल्य दुई लाख ९० हजार तथा इटिएक्स इन्ड्युरोको तीन लाख ३० हजार रुपैयाँ रहेको छ । यो बाइक सबै उमेर समूहका लागि उपयुक्त हुने कम्पनीका प्रबन्ध निर्देशक जितेन्द्रमान श्रेष्ठले बताए ।
 
अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा मेडल जितेको छ । यो ब्राण्डका बाईक सन् १९०५ देखि पिआजीओ गु्रपले उत्पादन गर्दै आएको छ ।