पुष्प मेला मंगलबार सकियो, ४९ हजारले गरे अवलोकन, ६१ लाखको कारोबार भएको आयोजकको दावी

बिजमाण्डू
२०७१ चैत्र १० गते ००:०० | Mar 24, 2015
पुष्प मेला मंगलबार सकियो, ४९ हजारले गरे अवलोकन, ६१ लाखको कारोबार भएको आयोजकको दावी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चैत ७ गते सुरु भएको १८ औं पुष्प मेला सोमबार सकिएको छ । मेलाको ४९ हजारले अवलोकन गरेको र ६१ लाख रुपैयाँ बराबरको फूल तथा फूलसँग सम्बन्धित सामग्रीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले जनाएको छ । 

Tata
GBIME
Nepal Life


 

कृषि विकास मन्त्रालयको सहयोगमा भएको मेलामा आलंकारिक बोटबिरुवा, एजेलिया, बगन्बेलिया सिजनल फूलहरु खरिदकर्ताको रोजाइमा परेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए । 
 
मेलामा व्यवसायिक स्टल ६५ वटा, सूचनामुलक १० वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल तीन वटासहित ७८ वटा स्टल थिए । 
 
मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म थोपा सिचाईं प्रविधी, गार्डेनका र विषादीका प्रदर्शनी तथा मलको विक्रीकक्ष रहेका थिए । 


 

यस्तै मेलामा सहभागि भएका विभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूलबिरुवाबीच प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथमहुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।