बजाज मोटरसाइकल अब २० प्रतिसत डाउन पेमेन्टमा पाइने, बाँकी रकम ३० महिनाको किस्तामा

बिजमाण्डू
२०७१ चैत्र ११ गते ००:०० | Mar 25, 2015
बजाज मोटरसाइकल अब २० प्रतिसत डाउन पेमेन्टमा पाइने, बाँकी रकम ३० महिनाको किस्तामा

काठमाडौँ । उपभोक्ताले बजाज मोटरसाइकल अब २० प्रतिसत डाउन पेमेन्टमा पाउने भएका छन् । एचएच बजाजले २० प्रतिसत डाउन पेमेन्ट पछि बाँकी रकम ३० महिनाको किस्ताबन्दीमा बुझाउन सक्ने गरी यो योजना लागु गरेको हो ।

एचएच बजाजले सबै मोडलका बाइकमा यो योजना लागु गरेको जनाएको छ । उपत्यका भित्रका बजाजको सबै आधिकारिक सोममा लागु गरिएको छ । त्यस्तै पुर्वमा इटहरी, गाईघाट, लाहान, कटारी र मिर्चैयाको बजाज सोरुममा यो योजना लागु छ ।

Tata
GBIME
Nepal Life

मध्यमाञ्चलमा जलेश्वर, वर्दिवास, लालबन्दी, मलङ्गवा, चन्द्रनिगाहपुर र हेटौंडाको बजाज सोरुममा, पश्चिमाञ्चलमा पोखरा, भैरहवा र बुटवलको बजाज सोरुममा यो योजना लागु गरिएको छ ।

मध्यपश्चिममा नेपालगञ्ज र सुदूरपश्चिको टीकापुरमा नयाँ योजना लागु गरिएको छ । नविनतम प्रवद्र्धनको कार्यनीति र ग्राहकमा समर्पित भएकोले बजाजले बजारमा सर्वोत्कृट स्थान हाशिल गरेको दावी कम्पनीले गरेको छ ।