विजय लघुवित्त संस्थाले चैत १८ बाट सेयर जारी गर्दै, प्रति सेयर आम्दानी चार रुपैयाँभन्दा कम

बिजमाण्डू
२०७१ चैत्र ११ गते ००:०० | Mar 25, 2015
विजय लघुवित्त संस्थाले चैत १८ बाट सेयर जारी गर्दै, प्रति सेयर आम्दानी चार रुपैयाँभन्दा कम
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १८ गतेबाट साधारण सेयर जारी गर्ने भएको छ । नवलपरासीमा केन्द्रीय कार्यालय रहेको संस्थाले एक सय रुपैयाँ अंकित दरका चार लाख २० हजार कित्ता साधारण  सेयर जारी गर्न लागेको हो ।
 
चैत २२ गतेसम्म सेयर आवेदन दिन पाइने छ । बैंकले कुल सेयरमध्ये १२ हजार ६ सय कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । २१ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याएको छ । सर्वसाधारणले यसबाहेकका सेयरमा मात्र आवेदन दिन पाउने छन् ।
 
बैंकको न्युनतम ५० कित्ता सेयरका लागि आवेदन दिन सकिन्छ । बढीमा दुई हजार कित्ता सेयर आवेदन दिन पाइने छ । कम्पनीको सेयर निस्कासन तथा विक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैंकर हो । सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी १४ करोड रुपैयाँ पुग्ने छ ।
 
गत बर्ष ३८ लाख  ४१ हजार नाफा कमाएको कम्पनीले यो बर्ष ६३ लाख ६६ हजार नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको अहिले प्रति सेयर आम्दानी चार रुपैयाँभन्दा पनि कम छ । 

Tata
GBIME
Nepal Life