सामसङको नयाँ थ्रिजी फोन बजारमा आयो, मूल्य साढे ११ हजार रुपैयाँ तोकियो, उत्कृष्ठ सेल्फी खिच्ने

बिजमाण्डू
२०७१ चैत्र ११ गते ००:०० | Mar 25, 2015
सामसङको नयाँ थ्रिजी फोन बजारमा आयो, मूल्य साढे ११ हजार रुपैयाँ तोकियो, उत्कृष्ठ सेल्फी खिच्ने


काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नयाँ थ्रीजी स्मार्टफोन ग्यालेक्सी जेवान सार्वजनिक गरेको छ । कम्पनीले ११ हजार चारसय ९० रुपैयाँ पर्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

Tata
GBIME
Nepal Life

ग्यालेक्सी जेवानमा उत्कृष्ठ भिडियो कल गर्न सकिनेछ । यसमा नयाँ डिजाइन प्रयोग गरिएको छ । यो मोवाइल एकसय २२ ग्राम तौल र ८.९ मिलिमिटर पातलो रहेको छ ।

यो मोवाइलमा ४.३ इन्च डब्लुभिजिए टिएफटी डिस्प्ले रहेको छ । मोवाइलमा पाँच मेगापिक्सेल अटो फोकस फ्रन्ट क्यामेरा र दुई मेगपिक्सेल रेयर क्यामेरा रहेको छ । यो मोवाइलबाट उत्कृष्ठ सेल्फी खिच्न सकिन्छ ।

सामसङको नेपालस्थित प्रतिनिधि प्रणयरत्न स्थापितले नेपालमा डिजिटल क्रान्ति भइरहेको बताए ।