दूरसंचार कम्पनीको साधारणसभा चैत २७ गते, ४७ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित हुने

बिजमाण्डू
२०७१ चैत्र १२ गते ००:०० | Mar 26, 2015
दूरसंचार कम्पनीको साधारणसभा चैत २७ गते, ४७ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित हुने

काठमाडौं । नेपाल दूरसंचार कम्पनीको सातौं वार्षिक साधारणसभा चैत २७ गते बस्ने भएको छ । कम्पनीको ६ सय ३६ औं संचालक समिति बैठकले २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

Tata
GBIME
Nepal Life

साधारणसभाले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट ४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । यो लाभांश वितारणको प्रस्तावमा सरकारले स्वीकृति दिइसकेको छ ।

यस्तै सभाले कम्पनीको लेखा परीक्षण गर्न चार्टड एकाउन्टेन्ट नरेन्द्र भट्टराईलाई नियुक्त गर्नेछ । यस्तै साधारणसभामा गत आर्थिक वर्षको लेखापरीक्षण तथा नगद प्रवाह विवरणमाथि छलफल तथा परित हुने छ ।