सेज ऐन सम्बन्धि विधेयक संसदको आउने अधिवेशनमा पेश हुने, सेज भित्रका उद्योग राष्ट्रियकरण नहुने

बिजमाण्डू
२०७१ चैत्र १२ गते ००:०० | Mar 26, 2015
सेज ऐन सम्बन्धि विधेयक संसदको आउने अधिवेशनमा पेश हुने, सेज भित्रका उद्योग राष्ट्रियकरण नहुने


काठमाडौं । सरकारले व्यवस्थापिका संसदको आउने अधिवेशनमा विशेष आर्थिक क्षेत्र सम्बन्धि ऐन (सेज ऐन) सम्बन्धि विधेयक पेश गर्ने भएको छ । उद्योग मन्त्रालयले संसदको आगामी अधिवेशनबाटै विधेयक पास गर्ने उद्देश्यले सेज ऐनको विधेयक पेश गर्न लागेको हो उद्योगमन्त्री महेश बस्नेतले सरकारले विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनका लागि सेज ऐन ल्याउन लागेको बताए । निर्यात प्रवर्द्धनमा जोड दिनका लागि आर्थिक क्षेत्र स्थापना र संचालनका लागि सेज ऐन ल्याउन लागेको बस्नेतले बताए ।

Tata
GBIME
Nepal Life

मन्त्री बस्नेतले विशेष आर्थिक क्षेत्रभित्र सञ्चालन भएको उद्योगले नेपाल बाहिर निर्यात गरेको वस्तु वा सेवा तथा विशेष आर्थिक क्षेत्रमा सञ्चालन भएको उद्योगलाई बिक्री गरिने कच्चा पदार्थ तथा उत्पादित सामानलाई शून्य दरमा मूल्य अभिवृद्धि कर लागू हुने, तर निर्यात भएमा यो सुविधा प्राप्त नहुने व्यवस्था गरिएको बताए ।

उद्योगमन्त्रालय कानुन शाखा उपसचिव शंकर केसीले विशेष आर्थिक क्षेत्रभित्र स्थापना भइ सञ्चालनमा रहेका कुनै पनि उद्योगलाई राष्ट्रियकरण नगरिने बताए । फागुन २७ गते मन्त्रिपरिषद विधेयक समितिको बैठकले  विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चालु व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय गरेको थियो ।