कार्ल्सवर्गले लामबर्टले हस्ताक्षर गरेको फुटबल सगरमाथा लैजाँदै, वैशाख चौथो साता सगरमाथा पुग्ने

बिजमाण्डू
२०७१ चैत्र १२ गते ००:०० | Mar 26, 2015
कार्ल्सवर्गले लामबर्टले हस्ताक्षर गरेको फुटबल सगरमाथा लैजाँदै, वैशाख चौथो साता सगरमाथा पुग्ने
काठमाडौं । कार्ल्सवर्गले लिभरपुल फुटबल क्लबका खेलाडीहरुले हस्ताक्षर गरेको बारक्लेज् प्रिमियर लिग अफिसियल फुटबल नेपालमा ल्याउने भएको छ ।

Tata
GBIME
Nepal Life

नौ नम्बर जर्सीका रिकी लामवर्ट, २१ नम्बरका डिफेन्सिभ मिड्फिल्डर लुकास लिभा, ५० नम्बरका लाजार मार्कोभिक तथा १० नम्बरका अट्याकिङ मिड्फिल्डर फिलिपकोटिन्होको अटोग्राफ रहेको छ । जर्सी नम्बर नौ लगाउने रिकी लामबर्टको अटोग्राफ भएको प्रिमियर लिगको अफिसियल फुटबललाई सगरमाथाको चुचुरोमा पठाइने भएको छ ।

अन्य अटोग्राफ भएको बलहरुलाई प्रचारप्रसारमा उपयोग गरिनेछ । ‘नेपालका फुटबल फ्यानहरुका साथ यो जीवनमा एक पटक मात्र आउने मौका बाँड्न पाउँदा गोर्खा ब्रुअरी ज्यादै उत्साहित छ,’ ब्रुअरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘कार्ल्सवर्गले लिभरपुल फुटबल क्लबका खेलाडीहरुले हस्ताक्षर गरेको बारक्लेज् प्रिमियर लिग अफिसियल फुटबल प्रदर्शित गर्न पाउनु साँच्चै नै एउटा बेग्लै र अभूतपूर्व मौका हो,’ ब्रुअरीका प्रबन्ध निर्देशक फिलिपनोर्लेले भने, ‘हाम्रो लिभरपुल फुटबल क्लबसँगको सम्बन्ध सन् १९९२ देखि सुरु भएको थियो । यो कार्ल्सवर्गको इंग्लिस फुटबलसँगको पहिलो अबद्धता थियो, जुन प्रभावकारीरुपमा विकसित हुँदै गयो ।‘

यसैगरी कार्ल्सवर्गका ग्राहकहरुको अटोग्राफलाई खेलाडीले हस्ताक्षर गरेको बलसँगै सगरमाथाको चुचुरोमा पठाउने जनाएको छ । 

हस्ताक्षर गरिएको बल काठमाडौंका छानिएका आउटलेटहरुमा ६ हप्ताका लागि राखिनेछ । कार्ल्सवर्गका उपभोक्ताले नेपालभरि रहेका  दुईहजार आउटलेटहरु मध्ये कुनै पनि आउटलेटमा गई आफ्नो अटोग्राफ दिएर यस क्याम्पियनमा सहभागी हुनसक्ने बताएको छ ।

यो कार्यक्रम बिहीबारदेखि २०७२ वैशाखको तेस्रो सातासम्म लागू हुनेछ । वैशाखको चौथो साता प्रिमियर लिगको फुटबल र अटोग्राफयुक्त ब्यानर सगरमाथाको चुचुरोमा पुग्ने ब्रुअरीका बजारीकरण निर्देशक आशिष विष्टले बताए ।