विवाइडीका विश्वप्रसिद्ध उत्पादन नेपाली बजारमा, लोडसेडिङको मारमा रहेका उपभोक्ताले राहत पाउने

बिजमाण्डू
२०७१ चैत्र १३ गते ००:०० | Mar 27, 2015
विवाइडीका विश्वप्रसिद्ध उत्पादन नेपाली बजारमा, लोडसेडिङको मारमा रहेका उपभोक्ताले राहत पाउने

काठमाडौं । सिमेक्स इंकले लोडसेडिङबाट उपभोक्‍तालाई छुटकारा दिन सौर्य ऊर्जासँग सम्बन्धित विभिन्न सामग्री बजारमा ल्याएको छ । सांग्रिला समूह अन्तर्गतको यो कम्पनीले बिवाइडी कम्पनीका सोलार सम्बन्धि सामान नेपाली बजारमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

अहिले सिमेक्सले बिवाइडीका उत्पादहरु मोवाइल पावर एलइडी, सोलार लालटिन, होम मेट उत्पादन, सोलार सिस्टममा रहेका विभिन्न सामग्री, विभिन्न क्षमताका सोलार प्यानेल तथा स्ट्रिट लाइट नेपाली बजारमा भित्र्याएको छ ।

नेपालका लागि बिवाइडी कम्पनीको आधिकारिक विक्रेता बनेको सिमेक्सले नेपालमा लोडसेडिङको मारमा परेका उपभोक्तालाई राहत हुने दावी सिमेक्सले गरेको छ ।

सांग्रिला समूहका अध्यक्ष प्रसिद्धबहादुर पाण्‍डेले गुणस्तरीय सौर्य ऊर्जासँग सम्बन्धित उत्पादनहरु नेपालमा भित्र्याएको बताए । यी सौर्य ऊर्जामा प्रयोग भएका ब्याट्री न्यूनतम १० वर्षसम्म फेर्नु नपर्ने भएका कारण यसको आयु निकै लामो हुने उनले दावी गरे । यो अवधिमा बिग्रिए वा फेर्नु परे कम्पनीले निशुल्क फेरिदिने र सर्भिसिङ पनि गरिदिने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिवाइडी चीनमा निकै प्रख्यात कम्पनीका रुपमा स्थापित भएको र नेपालमा पनि यो कम्पनीका सामानले राम्रो बजार हिस्सा ओगट्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलालगायतले बिवाइडीका उत्पादनले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे ।

विवाइडी वैकल्पिक ऊर्जामा ग्लोबल लिडर हो । कम्पनीले सहुलियतमा सोलार पावर, इनर्जी स्टोरेज, धेरै समय खप्ने एलइडी लाइड, बिजुलीबाट चल्ने गाडीलगायतका सामान उत्पादन गरिरहेको छ । कम्पनीले वार्षिक १५ अर्ब डलरको कारोबार गरिरहेको छ । बिवाइडी कम्पनीमा एकलाख ८० हजार कर्मचारी कार्यरत छन् ।