एसएलसीका विद्यार्थीलाई एकसयमा नै सिमकार्ड, टक भ्याल्यु र एकसय एमबी डाटा सित्तै

बिजमाण्डू
२०७१ चैत्र १३ गते ००:०० | Mar 27, 2015
काठमाडौं । नेपाल टेलिकमले २०७१ सालको एसएलसीमा सहभागी विद्यार्थीलाई सहुलियत दरमा सिमकार्ड बिक्री वितरण सुरु गरेको छ ।

Tata
GBIME
Nepal Life

मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै मोबाइलबाट इन्टरनेट चलाउने समेत बढेपछि युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सहुलियत दरमा सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

सहुलियत योजना अनुसार विद्यार्थीले एकसय रुपैयाँमा सिमकार्ड किन्न सक्नेछन् । उक्त सिमकार्ड खरिदसँगै एकसय रुपैयाँ बराबरको टक भ्याल्यु र १०० मेगावाइट बराबरको डाटा सेवा समेत निशुल्क पाइने टेलिकमले जनाएको छ । 

यो योजनामा सिम कार्ड किन्न चाहने विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि विद्यार्थी आफैँ वा अभिभावकको नागरिकताको प्रतिलिपी तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

नेपाल टेलिकमले देशै भरका विद्यार्थीहरुलाई सहुलियत दरमा सिम कार्ड उपलब्ध गराउने बताएको छ ।

टेलिकमले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभर यो योजना लागू गरेको छ । यसका लागि कम्पनीका सम्पूर्ण निर्देशनालय अन्तर्गतका ग्राहक सेवा केन्द्रहरु तथा कम्पनीसँग आवद्ध निजी क्षेत्रका विक्रेताहरुमार्पmत समेत बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।‘

यो योजनाको शुक्‍रबारदेखि गतेदेखि चैतत मसान्तसम्म कायम रहने टेलिकमले  जनाएको छ ।