प्रभुको साधारणसभाबाट हकप्रद सेयरको प्रस्ताव स्वीकृत, भट्टचनको नेतृत्वमा छानिए छ सञ्चालक

बिजमाण्डू
२०७१ चैत्र १३ गते ००:०० | Mar 27, 2015
प्रभुको साधारणसभाबाट हकप्रद सेयरको प्रस्ताव स्वीकृत, भट्टचनको नेतृत्वमा छानिए छ सञ्चालक
काठमाडौं । प्रभु बैंकको सय कित्ता बराबर २० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधरणसभाबाट स्वीकृत भएको छ । शुक्रवार बसेको बैंकको १२ औं र १३ औं साधरणसभाले हकप्रदको प्रस्ताव स्वीकृत गरेको हो ।

Tata
GBIME
Nepal Life

 

हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ८५ करोड माथि पुग्नेछ । बैंकले संस्थापक समूहबाट देवीप्रकाश भट्टचन, दक्ष पौडेल, विकास शाक्य र अम्बिका शर्मा लामिछानेलाई सञ्चालक चयन गरेको छ ।

त्यसैगरी सर्वसाधारण समूहबाट कुसुम लामा र पुष्पबहादुर प्रधान पनि सञ्चालक चयन भएका छन् । 

बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा एक्विजिसन, खरिद गर्ने प्रकृया अगाडी बढाउन, र त्यसका लागि लागि सम्पति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मुल्याङ्कनकर्ता नियुक्त गर्न तथा समझदारीपत्रमा हस्ताक्षर गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।
 
साधरणसभाले साविक किष्ट बैंक, प्रभु बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्सको वासलात, नाफा नोक्सान हिसावकितावहरु पनि स्वीकृत गरेको छ । त्यसैगरी बैंकले संस्थापक शेयरधनीको समूह ‘क’मा रहेको उपसमूह खारेज गर्ने निर्णय गरेको छ । 

त्यसैगरी बैंकको नियमावलीको ठेगाना परिवर्तन गर्ने निर्णय पनि पारित गरेको बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।