सुनको भाउ तीनसयले सस्तो, तोलाको ५१ हजार ६ सयमा कारोबार, चाँदीको भाउ पनि पाँच रुपैयाँ सस्तो

बिजमाण्डू
२०७१ चैत्र १५ गते ००:०० | Mar 29, 2015
सुनको भाउ तीनसयले सस्तो, तोलाको ५१ हजार ६ सयमा कारोबार, चाँदीको भाउ पनि पाँच रुपैयाँ सस्तो

काठमाडौं । हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ५१ हजार नौसय रुपैयाँमा कारोबार भएको सुन आइतबार तीनसयले घटेर ५१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुनको भाउमा उतारचढाव देखिएसँगै कारोबार पनि बढेको छैन । अहिले सुन दैनिक २० किलोको हाराहारीमा किनबेच भइरहेको व्यवसायी तेजरत्न शाक्यले बताए ।

सुनको भाउ घटेको दिन चाँदी पनि पाँच रुपैयाँ सस्तो भएको छ । शुक्रबार तोलाको सातसय २५ रुपैयाँ रहेको चाँदी आइतबार तोलाको सातसय २० रुपैयाँमा कारोबार भइरहेको छ ।