नयाँ वर्षका अवसरमा साढे आठ लाख रुपैयाँमा स्कोडा र्‍यापिड, शुन्य ब्याजदरमै कार किन्न सकिने

बिजमाण्डू
२०७१ चैत्र १५ गते ००:०० | Mar 29, 2015
नयाँ वर्षका अवसरमा साढे आठ लाख रुपैयाँमा स्कोडा र्‍यापिड, शुन्य ब्याजदरमै कार किन्न सकिने

काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा ८ लाख ५० हजार डाउन पेमेन्टमा स्कोडा र्‍यापिड कार उपलब्ध गराउने योजना ल्याएको छ । कम्पनीले फाइनान्स सुविधामा कार खरीद गर्न चाहनेका लागि १८ महिनासम्म शुन्य प्रतिशत ब्याजदरमै कार दिने जनाएको छ ।

कम्पनीका अनुसार सन् २०१५को मोडलका नयाँ र्‍यापिड कार दिइनेछ । कम्पनीले थापाथलीस्थित शोरुममा सोमबारदेखि एक साता एक्सचेन्ज क्याम्प संचालनमा ल्याउने भएको छ । यो योजनामा पुराना कारको उचित मूल्य लिएर नयाँ कार लैजान सकिने कम्पनीले जनाएको छ । कम्पनीले विशेष उपहारसहितको टेस्ट ड्राइभ सुविधा समेत ल्याएको छ । र्‍यापिड कार तीन वटा सेग्मेन्टमा उपलब्ध छन् ।
 
एक्टिभ प्लस, एम्विसन प्लस र एलिजेन्स सेगमेन्टका कार बजारमा उपलब्ध छन् । कम्पनीका अनुसार  १६०० सीसीको यो कार  आफ्नो श्रेणीमा सबैभन्दा लामो, मजबुत र सुपथ मुल्य भएको आरामदायी युरोपियन सेडान कार हो । कम्पनीका अनुसार कारको ग्राउण्ड क्लियरेन्स १६८ एमएम छ भने यी कारमा १६ सय सीसी क्षमताका इन्जिन जडान गरिएको छ । कारमा एयर व्याग, एन्टि लक ब्रेकिङ सिस्टम लगायतका सुविधा रहेका छन् । स्कोडाले पेट्रोल र डिजेल बाट चल्ने छुट्टाछुट्टै कार बजारमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life