चैत २७ गतेदेखि सामसुङ मोवाइल एक्स्पो हुने, एकहजारदेखि एकलाखसम्मका मोवाइल उपलब्ध

बिजमाण्डू
२०७१ चैत्र १६ गते ००:०० | Mar 30, 2015
चैत २७ गतेदेखि सामसुङ मोवाइल एक्स्पो हुने, एकहजारदेखि एकलाखसम्मका मोवाइल उपलब्ध

काठमाडौं । सीटीसी मलमा चैत २७ देखि सामसुङ ग्यालेक्सी जे १ मोवाइल एक्स्पो २०१५ हुने भएको छ । 'नझुक्याउने पक्का पर्ने' ग्राण्ड अफरसहित सुरू हुन लागेको मोवाइल एक्स्पोको मुख्य आयोजक सिटिसी मोवाइल बजार रहेको छ ।

Tata
GBIME
Nepal Life

२७ गते सुरु हुने एक्स्पो नयाँ वर्ष २०७२ साल वैशाखको पहिलो हप्ताभर चल्ने सिटिसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मेलामा एकहजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म मूल्य पर्ने मोवाइल उपलब्ध हुने आयोजकले जनाएको छ ।

निशुल्क प्रवेशको ब्यवस्था गरिएको यो मोवाइल एक्स्पोमा हरेक घण्टामा क्यासब्याक अफर मार्फत ५५ प्रतिशतसम्म छुट, हरेक मोवाइल खरीदमा आठदेखि ५५ प्रतिशत छुटको व्यवस्था स्क्रयाच कार्डमार्फत दिइने हरेक दिन पाँचवटा मोवाइल लक्की ड्रमार्फत वितरण गरिने, एसएलसी दिएर बसेका विद्यार्थीलाई प्रवेशसँगै लक्की ड्रमा समावेश गराइने आयोजकले जनाएको छ ।

अहिलेसम्मकै मोवाइल मेला मध्ये सबैभन्दा धेरै उपहार तथा अफर रहेको यो एक्स्पोमा तीन लाखभन्दा बढी अवलोकनकर्ता आउने विश्वास मोवाइल बजारले लिएको छ । 

सिटिसी मलको तेस्रो, चौथो र पाँचौं तलामा खुलेको सिटीसी मोवाइल बजारको ग्राण्ड ओपनिङको अवसर पारी गर्न लागेको यस सामसुङ मोवाइल एक्स्पो २०७१ मा एकसय भन्दा धेरै मोवाइल स्टल, फुडकोर्ट, ग्यामिङ जोन, बच्चाहरुलाई मनोरंजन गर्ने जोन र टच एण्ड फिलजोन पनि राखिने मोबाइल बजारले जानकारी दिएको छ ।

मेला अवधिभर नेपालमा उपलब्ध सबै कम्पनीका मोवाइल सेट तथा विभिन्न एशेसरिजको कारोबार गरिने आयोजकले छ ।
 
मेलाका लागि कार्बन, पानासोनिक र सामसुङले आफ्नो सर्भिस सेन्टर खोलिसकेका छन् भने अन्य कम्पनी सर्भिस सेन्टर निर्माणको क्रममा रहेको आयोजकले जनाएको छ ।