श्याओमीले ८ हजारमै स्मार्टफोन ल्याउँदै, आगामी चैत २५ गते सार्वजनिक गरिने

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
श्याओमीले ८ हजारमै स्मार्टफोन ल्याउँदै, आगामी चैत २५ गते सार्वजनिक गरिने
एजेन्सी । सस्तो मूल्यमा स्मार्टफोन चलाउन चाहनेहरुलाई यो खबर छ कि, चिनियाँ मोबाइल उत्पादक कम्पनी  श्याओमीले इन्ट्री लेवलको स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ ।

Tata
GBIME
Nepal Life

भर्खरै खुलासा भएको तस्बिर अनुसार इन्ट्री लेवलको यो स्मार्टफोन रेडमी २ सँग मिल्दोजुल्दो छ । तर यो फोन कति मूल्यको हुने यसका फिचरहरु के के हुने भन्ने विस्तृत विवरण भने उत्पादक कम्पनीले बताएको छैन  ।

एक चिनियाँ ब्लग Mydrivers.com का अनुसार श्याओमीको यो रहस्यमयी स्मार्टफोनको करिव ८ हजार रुपैयाँ (चारसय ९९ युआन) उपलब्ध गराउनेछ । श्याओमीले यो फोन आगामी २५ गते (अप्रिल ८ तारिक) सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

श्याओमीले औपचारिक रुपमा फिचरहरु सार्वजनिक नगरेपनि समाचार सुत्रलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो फोनको चार दशमलव ७ इन्चको हाइडिफिनेसन (एचडी) डिस्प्ले रहने जनाएका छन् । यसैगरी एक दशमलव ६ गिगाहर्ज क्लाड लिडकोर क्वाड कोर प्रोसेसर रहेने उल्लेख छ । यसको एक जिबी रोम रहनेछ भने आठ जिबी इन्टर्नल मेमोरि रहने छ ।

लिड फ्ल्यास सहित पछाडि १३ मेगापिक्सेलको क्यामरा रहेने  यो फोनङ्को अगाडि दुई मेगापिसक्सेल क्यामरा हुनेछ । एन्ड्रोइड चार दशमलव चार किटक्याटमा अपरेटिङ सिस्टममा आधारित  यो फोनमा पछिल्लो एमआइयुआइ ६  समेत रहेने छ  ।

त्यति मात्रै होइन यो फोनले फोरजी एलटीई समेत सपोर्ट गर्छ ।

तर यो फोन श्याओमीले चीन बाहेक अन्य देशहरुमा बिक्री गर्छ कि गर्दैन भन्ने चासोको विषय बनेको छ । यसैबीच श्याओमीले मंगलबार मिड रेन्जको स्मार्टफोन फरारी समेत सार्वजनिक गर्न सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।